हिउँदे बालीको सिजन : कृषि सामग्री कम्पनीले सुरु गर्यो मल वितरण

- कार्तिक १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
नवलपरासी ।

पश्चिम नवलपरासीमा कृषि सामग्री कम्पनीले बुधबारदेखि मल वितरण सुरु गरेको छ । हिउँदे बालीको लागि चाहिने आवश्यक डिएपी मल बुधबारदेखि कम्पनीले पालिकालाई वितरण गर्न थालेको हो ।

जिल्लाको सुनवल नगरपालिकाले कृषि सामग्री कम्पनीलाई पठाएको निर्णय पत्रअनुसार डिएपी मल वितरण सुरु गरिएको कृषि सामग्री कम्पनीका भण्डार शाखाका अशोक त्रिपाठीले बताए । प्रदेश सरकारले नवलपरासीलाई दिएको मलको कोटाअनुसार नगरपालिकालाई आजदेखि मल वितरण सुरु भएको त्रिपाठीले बताए ।

लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीको लागि मात्र तीन सय ५८ मेट्रिक टन मल (डिएपी) दिएको छ । जसमा दुई सय १५ मेट्रिक टन मल कृषि सामग्री कम्पनीले ल्याइसकेको छ भने एक सय ४३ मेट्रिक टन ल्याउन बाँकी रहेको स्टोर किपर त्रिपाठीले बताए ।

कृषि सामग्री कम्पनी नवलपरासीले सात वटै पालिकालाई कति मल रु दिने भनेर निर्णय गरेर पठाउन पत्र पठाएको छ । तर अहिलेसम्म सुनवल नगरपालिकाले मात्र विवरण निर्णय गरेर पठाएको छ । जिल्लाको सातवटै पालिकालाई मल वितरण गर्न ६९ वटा सहाकारीले अनुमति पाएका छन् । नवलपरासीको कुन स्थानीय तहलाई कति मल (डिएपी) चाहिन्छ भनेर सात वटै पालिकाका लागि लुम्बिनी प्रदेश सरकारबाटै कोटा छुट्याएर मल (डिएपी) पठाइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर