आइसिसी टि-२० विश्वकप : नेपाल ओमान सँग ५ रनले पराजित – सेमिफाइनल खेल्ने अवसर गुमायो

- कार्तिक १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग पाँच रनको हार व्यहोर्न पुग्यो । त्यहीँ हारको कारण नेपाल समूह ए को विजेता बन्दै टियुमा सेमिफाइनल खेल्ने अवसर गुमाएको छ ।
नेपालले जितको लागि १ सय ४६ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएपनि निर्धारित २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । नेपालका युवा फिनिसर विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।
अन्तिम ६ बलमा जितको लागि २६ रन चाहिँदा विवेकले बिलाल खानलाई सुरुवाती तीन बलमा लगातार तीन छक्का हान्दै जित नजिक पुर्याएका थिए । तर चौथो बलमा आउट भएपछि जिताउन सकेनन् ।
हारका खास कारण भनेको ब्याटिङ लाइनअपमा धेरै प्रयोग हो । नेपालले सोमपाल कामीलाई सबैलाई आश्चर्य दिदै तेस्रो नम्बरमा पठाएको थियो । नेपालले सोमपाललाई तेस्रोमा पठाउने निर्णय भारी परेको थियो । तेस्रो नम्बरमा कुशल मल्लले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

रोहित, कुशल मल्ल, सन्दीप जोरा र विवेक यादव जस्ता खेलाडी टोलीमा हुँदा सोमपाललाई तेस्रो नम्बरमा खेलाउनु ठूलो भारी पर्यो । सोमपाललाई नेपालले अनावश्यक रुपमा माथि पठाएको थियो । १५ औं ओभरको पाँचौं बलमा सन्दीप जोरा क्याच आउट भए । त्यसपछि नेपालले करण केसीलाई पठाउनु पर्ने थियो । तर सन्दीपलाई पठाएको थियो । करण टोलीका क्लिन हिटर हुन् ।

करण सन्दीपको स्थानमा आएको भए नतिजा अर्कै हुनसक्थ्यो । प्रमुख क्लिन हिटरलाई पछि पठाएको थियो । नेपालले लगातार ब्याटिङ परिवर्तन गर्दै आएको छ । ब्याटिङ परिवर्तनले खेलाडीको प्रदर्शनमा पनि फरक पार्छ । गुलशन भन्दा अघि विवेकलाई पठाउन सक्थ्यो । ब्याटिङक्रममा अनावश्यक परिवर्तन नेपालको हारको कारण हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर