हार्दिक बधाई एवं सलाम नेपाली क्रिकेटलाई

- कार्तिक १७, २०८० मा प्रकाशित


काठमाडौं ।
दसैँको उत्सवलाई समाप्त गरेर अहिले सिम्रन अहिले उपत्यका झरेकी छिन् । दसैं उत्सव भन्दा आफनो आन्तरिक पिरोलोले गर्दा होला अचेल सिम्रन निकै निरास देखीन्छिन् । जति निरास भए पनि शुक्रबार नेपाली क्रिकेटमा आएको हरियालीले भने सिम्रन केही खुशी तुल्याएको रहेछ । सिम्रन भन्दै थिइन आफनो मनमा जे भएपनि देशले खेलकूद क्षेत्रमा गरेको उन्नतिलाई मान्नुपर्छ ।
हो सिम्रनले भने झै दशकपछि फेरि अर्को अवसर नेपाली खेलकूदको क्षेत्रमा अब्बलता हासिल गर्दै गएको नेपाली क्रिकेट पाएको छ । जुन नेपाली र नेपाली क्रिकेट प्रेमीहरुको बेजोड खुशी पनि हो । अब आउने दिनमा खेलाडीको आत्म विश्वास र मनोबल बढाउनको लागि नेपाल सरकारले एक रद्दी पनि कन्जुस्याँई गर्नु हुन्न ।

केन्द्रिय तह देखी प्रादेशीक तह सम्म उँभो नलागेको नेपाली खेलकूदलाई क्रिकेट केही उँभो लगाउने जर्मको गरेको छ । जुन नेपाली खेलकूदको बेजोडको संगम पनि हो । यो संगमलाई बिच बाटोमा तगारो लगाउने काम अब कहि कतैबाट गर्न नहुने देखीन्छ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । जसको खुशी सिमाले प्रत्येक क्रिकेट प्रेमी दर्शकहरुलाई छोएको छ ।
नेपाली खेलकूदको लागि अन्तराष्ट्रिय सहभागीता भनेको सहभागीता मात्र हुने गरेको तथ्य नयाँ भने होइन । किनकी आड र भरोसाको रचनात्मक प्रस्तुति मात्र दिने नेपाली खेलकूदले अन्तराष्ट्रिय खेल समुदायमा आफनो अब्बलता प्रस्तुत गर्न नसक्नु भनेको कुनै नौलो र ठूलो कुरो पनि होइन् ।
बिगत देखी वर्तमान सम्मबलाई केलाउने हो भने नेपाली खेलकुदमा नैराश्यता बाहेक अन्य केही पाइदैन । तर यसमा कुनै खेल संग सम्वन्धित खेलाडीहरुको गल्ती भने पक्कै होइन् । किन कि खेलकुदको केन्द्रिय नेतृत्वमा जो कोही पनि उसको हेय भनेको आफनो स्वार्थ सिद्धि मात्र रहन्छ ।
जसरी खेलकूदको केन्द्रिय नेतृत्वको आफनो स्वार्थ सिद्धिको चलखेल चलिरहेको छ । त्यसमा नेपाली क्रिकेटले राम्रो झापड खुवाएको छ । बिना लगानि र बिना सोच तङ्ग्री रहेको नेपाली खेलकूदमा क्रिकेट ल्याएको बाहरलाई अब कसैले चिर्न नसक्ने लगभग पक्का छ । जसको लागि नेपाली क्रिकेटलाई सलाम ठोक्नै पर्छ र अन्तमा यो गाथालाई बिट मार्दै अगामी दिनको उज्जवल भविष्यको कामना गर्दै नेपाली क्रिकेटलाई हार्दिक बधाई एवं शुभकामना ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर