विर बन्यो विवादको पोको राख्ने थलो : मन्त्री बस्नेतको स्वास्थ्य क्षेत्रमा सुधारको योजनालाई जेठो स्वास्थ्य संस्थाले नै धोती लगाउन थाल्यो

- कार्तिक १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्वास्थ्य क्षेत्रमा अग्रणी रुपमा नेपालको सबैभन्दा पुरानो अस्पताल जहिले पनि विवादको भूमरीमा परिरहन्छ । बिगत देखी नै यस्ता विवादहरुमा चरम घेराबन्दी पर्दै आइरहेको विरलाई अब विवादको पोको राख्ने स्वास्थ्य संस्था फरक नपर्ने अवस्था आइसकेको छ ।
सरकार फेरीए सँगै माथिल्लो तहको लागि हुने लडाई आफनो स्थानमा छ भने विभिन्न भष्ट्राचार र घोटला काण्डहरु पनि बाहिर आईरहेका छन् । सरकारका स्वास्थ्य मन्त्री रहेका मोहन बहादुर बस्नेतको स्वास्थ्य क्षेत्रमा सुधारको योजनालाई जेठो स्वास्थ्य संस्थाले नै धोती लगाइन दिन थालेको छ ।
अहिलेको विवाद भनेको कर्मचारी भर्ना । जसमा व्यापक चलखेल गरिएको पाइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्थानको स्वीकृत दरबन्दी अन्तरगत वीर अस्पतालमा करारमा कर्मचारी भर्ना गर्नेगरी गत कात्तिक १० गते नै एउटा निर्णय भएको थियो ।
निर्णयलाई सुटुक्क राखेर शुक्रबार मात्र सार्वजनिक गरिएको छ । पदपूर्ति समितिबाट १० गते भएको निर्णय म्याद सकिने दिन त्यो पनि कार्यालय समय सकिने बेलामा मात्रै सार्वजनिक गरिएपनि कर्मचारीहरु आक्रोशित बनेका छन् ।

उच्च तहका अधिकारीहरुले आफ्ना मान्छेलाई भर्ती गर्ने योजनाका साथ निर्णय लुकाएर सूचना ढिलागरी प्रकाशित गरेको उनीहरुको आरोप छ । ‘स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि–२०७६’ अनुसार प्रतिष्ठानले कात्तिक १० गते नै पदपूर्तिको निर्णय गरेको सूचनामा उल्लेख छ ।
उक्त सूचनाअनुसार मेडिकल ल्याब टेक्नेसियन, ल्याब टेक्नेसियन, इलेक्ट्रिसियन, प्लम्बर, लिफ्ट असिस्टेन्टसहित १३ जना कर्मचारी माग भएको थियो । उक्त पदमा दरखास्त दिनका लागि योग्य उम्मेदवारलाई शुक्रबारसम्मको समयमात्रै दिइएको भएपनि चलखेलका आधारमा सूचना नै लुकाउने काम भएको एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार दरखास्त आह्वानको निर्णय गर्दा समेत केही जिम्मेवार अधिकारीलाई बाइपास गरेर बैठक राखिएको थियो ।
सूचना अनुसार कात्तिक १९ गते नै अन्तरवार्ताको मिति राखिएको छ । उसो त हालै प्रतिष्ठानले रिक्त पदहरुमा पदपूर्ति गर्नेगरी समिति बनाएको थियो । सहायक निर्देशक डा श्रवण थापालगायतको समितिले यसबारे कार्य गर्दै आएकोमा कात्तिक १० मा निर्णय गरेर अनियमित ढंगले कर्मचारी भर्ना गर्न लागेको कर्मचारीहरुको आरोप छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर