‘चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण’
- कार्तिक १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
सर्लाही ।
चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण रहेको नेपाल सरकारका खानेपानीमन्त्री महेन्द्रराय यादवले बताएका छन् ।
उनले मधेस प्रदेशमा पिउने पानीका साथै सिँचाइ दिनप्रतिदिन अभाव हुनुको प्रमुख कारण नै चुरे विनाश भएकाले चुरेको संरक्षण गर्नु आवश्यक रहेको बताए । सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका, जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको आर्थिक प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत निर्मित सौर्य पम्पिङ प्रणाली र आधुनिक कृषि प्रविधिको तीनघरे एकीकृत ग्रामीण विकास खानेपानी आयोजनाको उद्घाटन गर्न उनी सर्लाही आएका हुन ।
मन्त्री यादवले नेपाल सरकार डोकोमा पानी बोक्ने अवस्थाको अन्त्य गर्न लागि परेको बताए । उनले खानेपानी तथा सरसफाई ऐन २०७९ पारित गरेर सबै नेपाली जनतालाई शुद्ध पिउने पानी वितरण गर्ने लक्ष्य राखेको बताउँदै एक घर एक धारा पु¥याउने काम चाँडै सुरु गर्ने बताए । उनले अलपत्र परेका सबै योजनालाई पहिलो प्राथमिकता दिने बताए ।
लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका,जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको रु एक करोड ५९ लाख ७३ हजार पाँच सय ३७ रुपैयाँ १२ पैसामा दुई लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजना निर्माण भई आज उद्घाटन गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिए । उनका अनुसार करिब तीन सय घरधुरीले शुद्ध पिउने पानी पाउने छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments