•  २६ पुष २०८१, शुक्रबार

इरानको पुनर्वास केन्द्रमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १७ जना घाइते

- कार्तिक १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इरानको उत्तरी प्रान्त गिलानमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ३२ पुगेको इरानी विद्यार्थी समाचार संस्था (आईएसएनए) ले जनाएको छ । उक्त आगलागीका कारण अन्य १७ जना घाइते भएका समाचारमा उल्लेख गरिएको छ ।

गिलानका राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि डेपुटी गभर्नर मोहम्मद जलाइलाई उद्धृत गर्दै आईएसएनएले लाङ्गारूड काउन्टीको पुनः स्थापना केन्द्रमा बिहान सबेरै आगलागी भएको जनाएको छ । उनले घाइतेमध्ये चार जनालाई ‘इन्ट्युबेट’ गरिएको र बाँकीको अवस्था राम्रो रहेको उल्लेख गर्दै केन्द्रको क्षमता ४० रहेको बताए । इरानका न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले घटनाको पूर्ण अनुसन्धान गर्न आदेश दिएको अर्धसरकारी समाचार संस्था तस्निमले जनाएको छ ।

गिलानको न्याय विभागका प्रमुख इस्माईल सादेकी–नियाराकीलाई उद्धृत गर्दै तस्निमले समाचारमा लेखेको छ, “अनुसन्धानपछि आगलागीको कारण खुल्ने तर अहिले आगलागी हुनुको कुनै कारणबारे अनुमान गर्नु हतार हुनेछ । सादेकी–नियाराकीले आवश्यक न्यायिक आदेश जारी गरिएको र पुनस्स्थापना केन्द्रको व्यवस्थापन निगरानीमा रहेको र यसका प्रमुखलाई हिरासतमा लिइएको बताए । घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको उहाँले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर