जाजरकोट भूकम्प : सीमित स्वास्थ्यकर्मी र भौतिक संरचना रहेको अस्पतालमा बेडको अभाव – घाइते बिरामीलाई भुइँङ्गामा राखेर उपचार
- कार्तिक १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भूकम्पको केन्द्रविन्दु जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली नगरको अस्पतालमा घाइतेको उपचारमा समस्या उत्पन्न हुन् थालेको छ । नगरपालिका जनस्वास्थ्य निरीक्षक तप्त चुनाराले सीमित स्रोत साधनबाट उपचारमा कठिन भएको बताए । हाल उक्त अस्पतालमा ५० भन्दा धेरै घाइतेको उपपचार भइरहेको छ । उनका अनुसार गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट कर्णार्ली प्रादेशिक अस्पताल, सुर्खेतमा पठाइएको छ ।
‘१५ शय्याको अस्पतालमा अहिले ५० जनाभन्दा बढी राखेर उपचार भइरहेको छ । बिरामी राख्ने ठाँउ छैन’, उनले भने, ‘घाइते बिरामीलाई भुइँङ्गा राखेर उपचार गराइरहेका छौं ।’
अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका ६ जनाको शव पनि सोही अस्पतालमा राखिएको छ घाइतेको संख्या अझै बढिरहेको र प्राथमिक उपचार गरिरहेको उनले बताए । ‘अस्पताल आइएकालाई सकेसम्म जसोतसो प्राथमिक उपचार गराइरहेका छौं । आज बेलुकासम्म केही समान्य औषधि पुग्छ होला’, जनस्वास्थ्य निरीक्षक चुनाराले भने, ‘घाइते बिरामी बढिरहेका छन् । हामीलाई औषधि, अक्सिजनको अभाव हुने देखिन्छ ।’
उनका अनुसार अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको छ । अहिले विद्युतीय अक्सिजनको प्रयोग भइरहेको छ । सीमित स्वास्थ्यकर्मी र भौतिक संरचना रहेको अस्पतालमा बेडको समेत अभावले उपचारमा कठिनाइ देखिएको उनले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments