विश्व सेरोफेरो : चीनमा एक हजार बर्ष पूरानो बर्मेसल्ला भेटियोे
- कार्तिक १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
कुनमिङ ।
चीनको दक्षिण पश्चिमी युनान प्रान्तमा एक हजार भन्दा पुरानो हिमाली रूख फेला परेको स्थानीय अधिकारीहरूले बताएका छन् । जिवित रुख लिंकाङ नदीको लाङ्काङ नदी प्रकृति आरक्षित क्षेत्रको फेङकिङ क्षेत्रमा अवस्थित छ । जीवित रूख करिव १२ मिटर अग्लो तथा १.३२ मिटरको ब्यासमा भएको चेङ्दु विश्व विद्यालयका प्राध्यापक शि सोङलिनले बताएका छन् ।
शीले भने , “बर्मेसल्ला अर्थात् यू ढिलो गरी बढ्ने हिमाली बनस्पती हो । यसको पुनःउत्थान क्षमता कमजोर हुन्छ । मैले बर्मेसल्ला प्रजातिको यति ठूलो जीवित रूख पहिलो पटक देखँ ।” शीले भने , “यो रूखले फेङ्किङमा यू रूखको काण्डको व्यास र उमेर दुवैमा कृतिमान तोडेको छ र जिवित वातावरणको अध्ययन तथा संरक्षणमा यसको महत्वपुर्ण भूमिका रहेको छ ।”
हाल फेङकिङमा एक हजार भन्दा बढी हिमाली यू रहेको अनुमान गरिएको छ । यो दुई हजार ५०० देखि तीन हजार मिटरको उचाइमा हिमाली जङ्गल क्षेत्रमा पाइन्छ । हिमालय यु चीनको राष्ट्रिय प्रथम श्रेणीको संरक्षित वनस्पति हो । यसलाई अन्तराष्ट्रिय प्रकृति संरक्षण (आइयुसिएन) ले खतरामा परेको प्रजातीको सुचीमा समावेश समेत गरेको छ ।
(रासस/ सिन्ह्वा)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments