न्युजिल्याण्डलाई २१ रनले हराउदै पाकिस्तानको शानदार जित
- कार्तिक १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई २१ रनले हराएको छ । न्युजिल्याण्डले शुरुमा ४ सय २ रनको लक्ष्य दिए पनि पानी परेर खेल प्रभावित भएपछि पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रनको लक्ष्य पाएको थियो ।
पाकिस्तानले २५ ओभर ३ बलमा एक विकेट गुमाएर २ सय रन रन बनाएको अवस्थामा पानी परेपछि खेल फेरि रोकियो । पानी नरोकिएपछि डिएल पद्धतिका आधारमा पाकिस्तानले २१ रनले विजयी भयो ।
पाकिस्तानका फखर जामानले शतक प्रहार गरे । जमान एक सय २६ र बाबर आजम ६६ रनमा नटआउट रहे । त्यसअघि बेंग्लोरमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ रन र केन विलियम्सनले ९५ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका मोहम्मद वासिमले तीन विकेट लिए । आठ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ८ अङ्क रहेको पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments