जाजरकोट भूकम्प : गाँस, बास र कपासको लागि रोइरहेको छ अहिले जाजरकोट
- कार्तिक १९, २०८० मा प्रकाशित
कार्तिक १९ ,काठमाडौं ।
तल भेरी नदी छ, माथि भिरालो पाखोमा बाक्लो बस्ती । वर्षौं पुरानो यो बस्तीमा दलित समुदायको बसोबास छ । वर्षभर खान पुग्ने गरी खेती लगाउने जमिन छैन । त्यसैले कमाउन सक्ने उमेर भएपछि ज्याला मजदुरीका लागि भारत जान्छन् ।
कहिले झाडापखाला त कहिले बाढीले हैरान बनाएको जाजरकोटलाई यसपाली शक्तिशाली भूकम्पले तहसनहस बनाएको छ । गत शुक्रबार मध्यरातमा रामिडाँडालाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले अहिले जाजरकोट नतमस्तक बनेको छ ।
भूकम्पले स्वास्थ्य भवन चर्काएपछि एम्बुलेन्स राख्ने स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको छ । विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भइरहेको छ । मानिसहरुमा एक प्रकारको ठूलै डरले सिमा नाघेको छ । हुन् त राहतको लागि विभिन्न संघ संस्थाहरुले आ आफनो स्थानबाट पहल गरिरहेका छन् । प्रधानमन्त्री राहत कोषमा आर्थिक राहत जम्मा हुने कार्यलाई तिब्र पारिएको छ । तर अहिले सम्म राहत नपाएर जाजरकोट बासीहरुको अवस्था रुनु हाँस्नु भएको छ ।
भूकम्पले धेरै घर भत्किएका छन् । ठडिएका केही घर पनि बस्नलायक छैन, चिरा परेको छ । जमिनमा समेत धाँजा फाटेको छ । सडक समेत चिरा–चिरा परेका कारण भूकपमा परी मृत्यु भएकाहरुको शव पोष्टमार्टम लागि अस्पताल लैजान नसकिएको अवस्था छ अहिले जाजरकोटको ।
घाइते बिरामी बढिरहेका छन् । औषधि, अक्सिजनको अभाव हुन थालेको छ । सीमित स्वास्थ्यकर्मी र भौतिक संरचना रहेको जिल्लाको अस्पतालमा बेडको समेत अभावले उपचारमा कठिनाइ देखिएको छ ।
अर्को कुरा झन् मृतकको अन्त्येष्टि गरेपछि कहाँ बस्ने भन्ने चिन्ताले अहिले जाजरकोटबासीलाई सताउन थालेको छ । चारैतिर घर भत्किएका छन्, खानेकुरा, लत्ताकपडा, भाँडा भित्रै पुरिएका छन् । बस्ती नै चिरा परेको छ । ‘गाउँ नै सखाप छ । जाजरकोट बासी सँग खाने केही छैन । गाँस, बास र कपासको खोजीमा छन् जाजरकोटबासी ।
अहिले यहाँ राहत आवश्यक छ। तर, अहिलेसम्म राहतको कुनै सामग्रीको व्यवस्थापन हुन सकिरहेको छैन। बस्न र खानाकै लागि समस्या छ। त्रिपाल छैन। घरभित्र बस्न सकिने अवस्था छैन । राति त लास कुर्नमै समय बित्छ । अब कसरी रात कटाउने हो ?’ जाजरकोटबासी प्रश्न गर्छन् ।
अधिकांश घरहरूमा क्षतिग्रस्त अवस्थामा छन्। पाल भएकाहरू पाल हालेर गरामा बसिरहेका छन्। घर मात्र होइन शौचालय पनि क्षति भएको छ। यस्तै भूकम्पकै कारण पहिरो र सडक अवरुद्ध समेत भएको थियो। यद्यपि अहिले सडक खुलाइएको छ । यस्तो दर्दनाक परिस्थिती छ अहिले जाजरकोेटको ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments