माओवादी केन्द्रले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गर्यो
- कार्तिक २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले नेकपा माओवादी केन्द्रले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको पार्टी महासचिव देव गुरूङले जानकारी दिए । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत रहेको उनले बताए ।
‘काठमाडौं केन्द्रित जनप्रदर्शनको कार्यक्रम स्थगित भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पबाट उत्पन्न परिस्थितिका कारण तत्काल त्यसलाई स्थगित गर्ने भनिएको हो’, महासचिव गुरुङले भने, ‘भूकम्पमा जनधनको धेरै क्षति भएको छ । यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने हुन्छ । यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको हो ।’ उनले पुनः छलफल गरेर कार्यक्रमको मिति घोषणा गरिने बताए ।
माओवादी केन्द्रले गत मंगलबार प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो । ‘यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गरिने’, प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख छ ।
गत १७ देखि २२ साउनमा बसेको पार्टी केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तरक्रिया, विचार गोष्ठी र सभाहरू गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments