विश्व सेरोफेरो : सीमा स्थिरतामा सहयोग गर्न चीनको म्यान्मासँग आग्रह
- कार्तिक २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
बेइजिङ ।
म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गरेका छन् ।
चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गरेका थिए । तेइस हजार सर्वसाधारणलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारिएको झडपहरूबारे उनले जुन्ता अधिकारीहरूसँग कुराकानी गरे । संयुक्त राष्ट्रसङ्घले झडपका क्रममा २३ हजार नागरिक आफ्नो घर छाड्न बाध्य भएको बताएको छ ।
“म्यान्मासँग चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आह्वान गरिएको छ”, नोङको भनाइ उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । नोङले आफ्नो भ्रमणका क्रममा म्यान्माका उपप्रधानमन्त्री एवं विदेशमन्त्री थान स्वे र उपविदेशमन्त्री ल्विन ऊसँग भेट गरेको बेइजिङले जनाएको छ ।
उनले भने , “चीनले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गरेको छ ।”
पूर्वोत्तर शान राज्यमा म्यान्माका जातीय अल्पसङ्ख्यक समूहहरूको गठबन्धनले सुरु गरेको हालैको हमलालाई सन् २०२१ मा सत्ता कब्जा गरेपछि जुन्ता सरकारसामु सबैभन्दा ठूलो सैन्य चुनौती ठानिएको विश्लेषकहरूले बताएका छन् ।
गत साता चीनले बेइजिङको वैश्विक बेल्ट एन्ड रोड पूर्वाधार परियोजनाको एउटा हिस्साका रूपमा रहेको एक अर्ब डलरको रेल मार्ग निर्माण गर्ने योजना बनाइएको क्षेत्रमा तत्काल युद्धविराम गर्न आग्रह गरेको थियो ।
छिमेकी कचिन राज्यस्थित जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) आफ्नो सेनामाथि आक्रमणमा सामेल भएको जुन्ताले शनिबार बताएको थियो । स्थानीय मिडियाका अनुसार जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामा गोलाबारी गरेको थियो ।
(रासस / एएफपी)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments