साहित्यको माध्यमबाट प्रचार–प्रसार : पदमार्गमा ‘करबाकेली’ काव्ययात्रा
- कार्तिक २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
म्याग्दी ।
म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा थालिएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कबि, लेखक, पत्रकार र पर्यटनकर्मी सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् ।
बेनीबाट करबाकेली हुँदै पुनहिल पुगेर चार दिनमा काव्ययात्रा सकिने करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिए । “साहित्यको माध्यमबाट यो ठाउँको प्रचार–प्रसारका साथैर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काव्ययात्रा आयोजना गरिएको हो, यहाँको प्रकृति, संस्कृति र जीवनशैलीलाई साहित्यमार्फत उजागर गर्ने पनि उद्देश्य रहेको छ”, उनले भने ।
काव्ययात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, घनश्याम पौडेल, तारानाथ पहाडी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार र सुरेन्द्र राना सहभागी हुनुभएको छ । बेनीबाट मल्लाज बाँसखर्क महभिर हुँदै टोली करबाकेली पुगेको छ । यात्राका क्रममा स्थलगतरूपमा रचना तयार पार्ने र सोही स्थानमा प्रस्तुत गरिने यात्रामा सहभागी हुन तनहुँबाट आएका गीतकार सागर उदासले बताए ।
“स्थलगतरूपमा करबाकेली क्षेत्रको बारेमा रचना बाचन गर्नुका साथै यात्रा अनुभुति, कथा, कविता, आलेख सङ्कलन पनि हुनेछ”, उनले भने, “खप्तड, फोक्सुण्डो र तनहुँको आमस्वाँरा होमस्टेको काव्ययात्रा फलदायी बनेको थियो ।”
टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले बिदाइ गरेका थिए । अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई केन्द्रित गरेर विसं २०७५ मा करबाकेली इको पदमार्ग सञ्चालन भएको थियो । कास्कीको वीरेढाँटी, तिखेढुङ्गा, उल्लेरी, घोडेपानी र करबाकेलीथान हुँदै बेनीलाई समेटेको यो पदमार्गमा चार दिनको यात्रा गर्न सकिन्छ । कला संस्कृति हेर्न र संसारकै ठूलो गुराँसे जङ्गलको यात्रा गर्न यो पदमार्ग उत्तम छ ।
करबाकेली पदमार्गको अधिकांश क्षेत्र अन्नपूर्ण पदमार्ग र बाँकी क्षेत्र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गले समेट्ने भए पनि पुनहिलबाट परम्परागत मार्ग छाडेर करबाकेली थान हुँदै बेनी पुग्न सकिने गोठालो मार्गलाई विकसित गरिएको छ । पदमार्गमा घर, गोठमा प्रयोग हुने घरायसी सामग्री, वेशभूषा, संस्कार र संस्कृति झल्कने सामग्री सङ्कलन गरी काफलडाँडामा करबाकेली सङ्ग्रहालय स्थापना गरिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments