प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय चलचित्र विधाको पुरस्कार स्थगन गरिएको : अध्यक्ष केसी
- कार्तिक २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सर्वश्रेष्ठ फिल्म विधा हटाएर राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको भनी दायर रिटमा चलचित्र विकास बोर्डले उच्च अदालत पाटनमा लिखित जवाफ पेश गरेको छ । अध्यक्ष भुवन केसीले वारेसमार्फत पेश गरेको जवाफमा फिल्म ‘प्रकाश’लाई जुरीले उत्कृष्ट चलचित्र भनी सिफारिस गरेको तर बोर्डका एक जना सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले दिएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय चलचित्र विधाको पुरस्कार स्थगन गरिएको दाबी गरिएको छ ।
सदस्य अधिकारीले फिल्म ‘प्रकाश’ले देश र अहिलेको व्यवस्थाप्रति नै गलत व्याख्या गरेको भन्ने विषयमा गम्भीर आपत्ति रहेको भन्दै भदौ ७ गते उजुरी पेश गरेको जवाफमा उल्लेख छ । उक्त उजुरीको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।
बोर्डले जवाफमा भनेको छ, ‘समितिको निष्कर्ष तथा सुझावमा चलचित्र प्रकाशलाई राष्ट्रिय चलचित्र प्रदान गर्ने कुनै तथ्य र आधार नदेखिएको भन्ने निवेदक बोर्ड सदस्य रविचन्द्र अधिकारीले प्रस्तुत गरेको दाबी र तर्क सही छ । साथै निर्णायक समितिले चलचित्र प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार गर्न गरेको निर्णय त्रुटिपूर्ण देखिन्छ । अतः यो समिति चलचित्र प्रकाशलाई राष्ट्रिय पुरस्कार प्रदान नगर्न बोर्डलाई सिफारिस गर्दछ भनी छानबिन समितिले प्रतिवेदन पेश गरेको हो ।’
छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय चलचित्र विधाको पुरस्कार कार्यक्रम स्थगन गरिएको बोर्डको जिकिर छ । बोर्डले पुरस्कारबारे अन्तिम निर्णय गर्ने अधिकार जुरी समितिलाई नभएर बोर्डलाई हुने दाबी पनि गरेको छ । कानुनले दिएको अधिकारभन्दा बढी अधिकार प्रयोग नगरेको र शक्तिको दुरुपयोग नगरेको जवाफ केसीले दिएका छन् ।
अध्यक्ष केसीले वारेसमार्फत दिएको जवाफमा रिट निवेदन खारेज गर्न माग गरेका छन् । फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन थलो जुम्लाका स्थानीय मीनराज आचार्यले बोर्डलाई विपक्षी बनाउँदै अदालतमा रिट दायर गरेका थिए । यो रिटमा अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments