विश्व सेरोफेरो : बेइजिङद्वारा म्यान्मा सङ्घर्षमा चिनियाँ हताहतको पुष्टि
- कार्तिक २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
बेइजिङ ।
म्यान्माको जुन्तासँग सङ्घर्ष गर्ने जातीय सशस्त्र समूहहरूले चीनसँगको सीमामा रहेका मुलुकको उत्तरी क्षेत्रका सीमा चौकीहरू कब्जामा लिएपछि चिनियाँ हताहत भएको बेइजिङले मङ्गलबार पुष्टि गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँहरू मारिएको, घाइते भएको वा घटना कहाँ भएको भन्नेबारे बताएनन । म्यान्माको स्थानीय सञ्चारमाध्यमहरूले जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआई) को मुख्यालय लाइजा सहरमा सेनाले गोलाबारी गर्दा एक चिनियाँको मृत्यु भएको र अन्य दुई घाइते भएको शनिबार बताएका थिए । एउटा गोला सीमाको चीनतर्फ खसेको समाचारमा जनाइएको छ ।
“सशस्त्र सङ्घर्ष बढ्दै गएको र चिनियाँ कर्मचारीको हताहतप्रति बेइजिङ गम्भीर असन्तुष्टि व्यक्त गर्दछ”, प्रवक्ता वेनबिनले मङ्गलबार भने , “चीनले सम्बन्धित पक्षहरूसँग गम्भीर विरोध जनाएको छ र उत्तरी म्यान्मामा सङ्घर्षको स्थितिलाई ध्यान दिइरहेको छ ।”
“चीन एक पटक पुनः उत्तरी म्यान्मामा सङ्घर्षमा सहभागी सबै पक्षलाई तुरुन्त गोलाबारी रोक्न माग गर्दछ, सबै पक्षले चीनको सीमावर्ती क्षेत्रमा मानिसको जीवन र सम्पत्तिलाई जोखिममा पार्ने कुनै पनि घटना पुनः नहोस् भनेर यथार्थपरक कदम चाल्नुपर्छ”, उनले भने , “बेइजिङले आफ्ना नागरिकको जीवन र सम्पत्तिको रक्षाका लागि आवश्यक कदम चाल्नेछ ।”
चीनले गत साता म्यान्मासँग आफ्नो सीमानजिक बढ्दै गएको लडाइँप्रति चिन्ता व्यक्त गरेको छ । चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म म्यान्माको भ्रमण गरेका थिए । उनले जुन्ता अधिकारीहरूसँग भेट गरेर चीन–म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आग्रह गरे ।
“उनले जुन्तासँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन आग्रह गरेका छन् ”, बेइजिङको विदेश मन्त्रालयले भनेको छ ।
गत साता संयुक्त आक्रमण सुरु भएदेखि म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए), ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) र अराकान आर्मी (एए) ले आफूहरूले उत्तरी शान राज्यमा दर्जनौँ सैन्य चौकी कब्जामा लिएको बताएका छन् । टिएनएलएले मङ्गलबार आफ्नो मिडिया च्यानलमा चिनियाँ सीमा नम्हकम सहरमा उसले करिब सम्पूर्ण नियन्त्रण कायम गरेको बताएको छ ।
(रासस / एएफपी)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments