जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलिने चिन्ता, आवश्यक परे मुखरित हुने
- कार्तिक २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गणतन्त्रप्रति प्रतिवद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा उनले शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे जानकारी गराए ।
त्यसपछि एजेण्डामा प्रवेश गरे, ‘विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको छ । जसलाई जे मन लाग्छ, त्यही भन्न थाले । संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएका हौं । ठूलो फोर्स त होइन, तर समाज विगारिरहेका छन् । जरुरी पर्यो भने मुखरित भएर जानुपर्छ कि ?’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सबै सहभागीले गणतन्त्रप्रति प्रतिवद्धता जनाए । अनि जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments