डाक्टर तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा : पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- कार्तिक २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पाटन अस्पतालमा बुधबार पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । मंगलबारदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । ओपिडीलगायत सेवाका लागि गएका बिरामीहरु त्यसै फर्किरहेका छन् ।
यसैबीच, जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, डाक्टर र सरोकारवालाहरूलाई स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ । परिसरका प्रवक्ता एवम् एसपी नवराज कार्कीले विज्ञप्ति निकालेर स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेका हुन ।
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरी आन्दोलन थालेपछि प्रहरीले सेवा सञ्चालनको अनुरोध गरेको हो । गएको शनिवार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको ज्यान गएको घटनालाई लिएर उनीहरुका आफन्तले डाक्टरलाई दुर्व्यवहार गरेको भन्दै डाक्टर एवम् स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । प्रहरीले घटनाबारेमा अनुसन्धान भइरहेकोले सेवा नरोक्न भनेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments