न्यायाधीशसँग सेटिङ मिलाएको हल्ला : व्यक्ति हत्या आतंकमा जेल सजाय भोगीरहेका आलमको रिहाई हुने खुशीयालीमा पटका पड्काउन थालीयो
- कार्तिक २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मानव क्रुरताको पराकष्ट गर्नेहरुको हालिमुहाली गर्दा सम्पूर्ण क्षेत्र अक्रान्त बनेको छ । फेरी कुन व्यक्तिको हत्या हुने हो कुन इँटाभट्टामा कसलाई जिउँदै जलाइने हो भन्दै अहिले रौतहटबासी चिन्तित बनेको छ ।
यस्तै व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल सजाय भोगीरहेका रहेका नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमको रिहाईलाई विभिन्न चर्चा चुलीन थालीएका छन् । उनी सँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ । बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ ।
जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ । बाँकी केही वकिलको बहस बुधबार सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताए ।
‘आलमविरुद्धको मुद्दाको मिसिल खोलिएको छ । मुद्दामा सरकारी वकिल पक्षको बहस सकिएको छ । प्रतिवादीको पक्षबाट पनि बहस भएका छन् । केही अधिवक्ताको बहस बाँकी छन् । सम्भवतः बुधबार उनीहरूकोे बहस सकिनेछ,’ उनले भने, ‘त्यसलगत्तै मुद्दाको फैसला होला, बिहीबारसम्ममा फैसला भइसक्ला
न्यायाधीशसँग सेटिङ मिलाएको र जेलमुक्त हुने भन्दै समर्थकले आलमको रौतहट राजपुर नपा– ४ फरहदवास्थित गाउँमा फटका पड्काएर खुसियाली मनाइरहेको मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुबा नारायणसिंह राजपुतले बताए । ‘प्रतिवादी आलम अदालतको फैसलापछि छुट्ने हल्ला उनका समर्थकले गाउँमा फिँजाएका छन् । मलाई पटक–पटक फोन गरेर यो विषय जानकारी गराएका छन्,’ उनले भने, ‘न्यायाधीशसँग सेटिङ मिलाएको हल्ला उनीहरूले गाउँभरि फिँजाएका छन् । उनी छुट्ने भन्दै गाउँमा उनका समर्थकले पटका पड्काउन थालेका छन् ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments