पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ सै घण्टा खोल्न आदेश

- कार्तिक २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
पोखरा ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चौबिसै घण्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइड चौबिसै घण्टा खुला राख्न आदेश दिएको हो ।
गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रहरूमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ । त्यही कार्ययोजना अनुसार कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक व्यापार व्यवसाय गर्न नरोक्न भनेको हो । साथै यस विषयमा अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर