चर्च ब्वाइजलाई २–० ले गोेल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मीको शानदार जित
- कार्तिक २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
बाँके ।
बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधी त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधी जितेको हो ।
विजेता त्रिभुवन आर्मीले रु आठ लाख नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले रु चार लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । उनका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औँ मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गरेका थिए ।
त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यानअफ द म्याज घोषणा गरियो । उनलाई रु पाँच हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टङ्क बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन सङ्घीयदेखि स्थानीय सरकारको सहयोग हुने बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments