खेल / फुटबल : अविश्वास प्रस्तावको छिनोफानो गर्न एन्फाको विशेष साधारण सभा हुँदै
- कार्तिक २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा बिहिबार हुँदैछ । मकवानपुरको हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ ।
आजको साधारण सभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ । मतदानमा एन्फाका १०५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् ।एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तगीको मागसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
एन्फा विधान अनुसार अध्यक्षसहित पदाधिकारी बर्खास्तगीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङलाई हटाउन ५८ सदस्यको मत आवश्यक पर्दछ ।
अध्यक्षविरुद्ध दुई तिहाइ पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्यसहित थप ९ मत आवश्यक छ । असोज १७ गते बसेको एन्फाको आपतकालीन बैठकले बर्खास्तगीको प्रस्ताव फेस गर्न मकवानपुरको साधारणसभा बोलाएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments