घर भाँडिने अवस्था आएपछि सचेत भएको दाहाल नेतृत्व सरकार र उनको दल
- कार्तिक २४, २०८० मा प्रकाशित
काठमाडौं ।
हिन्दूहरुको दोस्रो महान पर्व दिपावलीको प्रारम्भ सँगै अहिले उपत्यकाका बजारहरु रंगीन थालेका छन् । आर्थिक देखी भौतीक परिस्थिती कमजोर भएपनि मानिसहरुमा दिपावली प्रतिको आर्कषण भने घटेको छैन भन्छिन सिम्रन ।
दसैंको बिदा पछि पूर्वबाट उपत्यका झरेकी सिम्रन सँगको कुराकानी केही पातलिएको थियो । तर अचानक शुक्रबार फेसबुकको म्यासेन्जरमा हातका औलाहरु नचाउँदै गफिन थालेकी सिम्रनलाई पनि टिकटकमा आएको बेथितीले भने मन केही पोलेको रहेछ । भन्दै थिइन, ‘खोई टिकटक त हामी पनि बनाउँछौ । तर अहिले देखीएको जस्तो होइन’ ।
सिम्रनको आवाज आउनु भन्दा अगाडी नै आफना कार्यकर्ताहरुमा आएको छाडापन देखी वाक्क भएको नेकपा माओवादी केन्द्रले आफनो कार्यकर्तालाई टिकटकमा देखाएको छाडापनका कारण दलबाट निष्कासन गर्यो ।
त्यसको केही दिन पछि अर्थात बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गर्यो । सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।
निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा तयार निकालेको छ ।
सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले सामाजिक सञ्जालमा देखीएको वेथितीलाई मध्यनजर गर्दै यसका केही बुँदाहरुमा लगाम लगायो ।
नियमावली नै प्रतिपादन गरेर ल्याइएको यो नियमले फेसबुक देखी टिकटकका रमाएका नायक नायीकाहरुलाई भने ठूलै झट्का लागेको छ । सञ्चारमाध्यमका अभिन्न अंगको रुपमा रहेका यी सामाजिक सञ्जालहरुलाई अहिले मानवहरुले आफनो अंग प्रर्दशनको ठूलो माध्यम बनाएका थिए ।
साच्चै भन्नुपर्दा हाम्रो जस्तो अल्पबिकसीत मुलुकमा टिकटकले ल्याएको छाडापनले सामाजिक महत्वलाई घटाउँदै लगेको थियो । पारिवारीक जमघटको लागि टिकटक एउटा माध्यम भएपनि यसको सहि प्रयोग नर्गनाले यसका प्रयोगकर्ताहरुमा बेग्लै प्रकारको मनोबल बढ्दै गइरहेको थियो ।
अहिले टिकटक आर्थिक उर्पाजनको दरिलो माध्यम बन्दै गइरहेको भएपनि यसको अपचलनले यसका सहि प्रयोगकर्ताहरु भने मारमा पर्न थालेका छन् । अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशनले गर्दा अहिले बालबालिकाहरुमा कस्तो प्रभाव परिरहेको त्यसको बारे पनि सोच्नुपर्ने अवस्था आईसकेको छ ।
आफू भित्र लुकेको कलालाई प्रस्तुत गर्ने थातथलोको रुपमा प्रयोग गर्नु पर्ने यस्ता सामाजिक सञ्जालाई आफनो अंग देखाउने देखी यौनिक जन्य कार्यहरुले गर्दा यस्तो परिस्थिती आएको हो भन्छिन् सिम्रन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments