कासिन न्यूज,
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, गण्डकी र कर्णालीका पहाडी भेगका १–२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका पहाडी भेगका थोरै र बाँकी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी, वागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागका मौसम आंशिक बदलीदेखि सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments