•  २६ पुष २०८१, शुक्रबार

विश्व सेरोफेरो : दिल्लीको रोग पाकिस्तानमा – लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा

- कार्तिक २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको छ । पन्जाब प्रदेश सरकारले लाहोरलगायत तीन सहरका विद्यालय, कार्यालय, शपिङ मल र पार्कहरू आगामी आइतबारसम्मका लागि बन्द गराएको छ।
यो प्रदेश उही नामको भारतीय राज्यसँग जोडिएको छ। विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक करिब ४सय अङ्कको आसपास छ। साान्यतया १ सय वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ।

यो सहर भारतको अमृतसर सहरसँग जोडिएको छ। अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट आक्रान्त छ। भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको तहले चेतावनीको स्तर पार गरिसकेको छ। मङ्गलवार त्यहाँको वायु गुणस्तर सूचक ३ सय थियो। सामान्यतया ३सय १ देखि ५सय सम्मको अङ्कमा वायु गुणस्तर हुनुलाई हानिकारक मानिन्छ। लाहोरका स्थानियका अनुसार त्यहाँको वायुको गुणस्तर बारम्बार अत्यन्त हानिकारक तहमा पुग्छ। यसले उनीहरूको स्वास्थ्य र दैनिक जनजीवन प्रभावित पार्ने गर्दछ।

तुवाँलोका कारण मुख वरिपरि सुनिएपछि आफ्नी डेढ वर्षे छोरीले राम्रोसँग खानपिन गर्न नसकेको सारा जीशनले बताइन्।
तुवाँलोमा निरन्तर बस्दा दीर्घकालीन रूपमा स्वास्थ्यमा हानि हुने र फोक्सोको क्यान्सरसमेत हुन सक्ने चिकित्सकहरू बताउँछन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर