सुधीर नेपाल,
काठमाडौं ।
जीवन अनौठो छ । बिहान बेलुका सेलको तातोको राप । दिनमा कार्यालयको काम । तर उनको मनले कहिले सन्तुष्टि प्राप्ती गर्न सकेन । नेपालको पूर्वी जिल्ला मोरङमा आफनो थातथलो भएपनि उनलाई काठमाडौंले छोडेन ।
सन्तान सुख र कामको लागि काठमाडौं हानिएकी दिदी हुन् हेमा श्रेष्ठ । उनको यो बोलाउने चलन चल्ती नाम भएपनि उनको बास्तविकता अर्थात पहिचान अलगै छ । उनको पहिचान भनेको उनले काठमाडौंबासीलाई दिने सेल रोटी हो । बिहान ४ बजे देखी दिनको समय छोडेर रातको ८ बजे सम्म सेलको कराईमा तेल राखेर सेलको गोलाकारमा रमाउने यिनको पहिचान बनेको सेलरोटीले अहिले उनलाई सेल दिदी बनाएको छ ।
सेलको परिकार र अनरसालाई जीवनको मक्सद बनाएर हिंडेकी सेल दिदीको हातबाट बनेको सेलरोटी खाने कोही पनि उनको हातको जादू देखी टाढा रहन सक्दैन् । कति वर्ष भयो त दिदी सेलमय जीवन बिताएको भन्ने प्रश्न भुँइमा के खसेको थियो । उनले प्याट्ट जवाफ दिइन । सानी छोरी तिन वर्षको हुँदा देखी सुरु गरेको हो अहिले नानी १६ वर्षकी भै सकी अब तपाई आफै हिसाब गर्नुहोस् । यसो हिसाब गर्दा सेल दिदीको सेलमय जीवनको यात्रा त लामै रहेछ । एक दशक माथि पार भै सकेको रहेछ । अर्थात १२ वर्षमा दौडिरहेको रहेछ उनको सेलको यात्रा ।
तर पनि उनमा कुनै थकान देखीदैन थियो । बढ्दो उमेरको भन्दा आफना सन्तानको भविष्यमा आफनो यात्रा तय गरेकी सेल दिदीले सेलको यात्राको सुरुवात भने काठमाडौंको भाटभटीनी डिर्पाटमेन्ट स्टोरबाट भएको रहेछ । केही वर्ष भाटभटीनीमा सेलको व्यापार गरेकी सेलदिदीले त्यसपछि आफनै टहरको निर्माण गरिन । आफै व्यापारमा लागिन ।
चामलको पिठोमा घीउ, चिनी र दूध राखेर १० मिनेट माड्ने । अब पानी मिसाएर बाक्लो लेदो बनाउने । अब एउटा ताईमा वा कराईमा तेल तताउने । यो रोटी पकाउँदा आगोको आँच अलि बढी हुनुपर्छ । तपाईँको सजिलो अनुसार कचौरा, सोली, हातले सेलको आकार दिएर दुवैतर्फ राम्रोसँग पाक्ने गरी पकाउने । सेल पकाउँदा कसैकसैले आकार राम्रो बनाउनको लागि कराईमा बाक्लो कचौरा पनि राख्ने गर्दछन् । यसरी कचौरा राख्दा सेलको आकार बिग्रिँदैन भन्छिन् सेल दिदी ।
घरमै सजिलो ढङ्गले सेलरोटी बनाउन र चाडवाडमा खपत बढ्ने भएकोले व्यवसायीहरूले त्यस्ता उपकरणको प्रयोग गर्न थालेको बताएका छन्।
मशीनले बनाएको सेलरोटी पनि हातैले बनाएको जस्तो स्वादिलो हुने उनीहरूको दाबी छ। सेलरोटी नेपालीको एउटा लोकप्रिय परिकार हो। यो चामलको पिठो, घ्यू र चिनी मिसाई गोलाकार पारेर पकाइन्छ । तर सेल दिदी भने मशीनमा विश्वास गर्दिनन् । उनलाई आफनो हातले सेलको गोलाकार बनाउँदा र त्यसलाई अरुलाई पस्किएर दिँदा छुट्टै आन्नद आउँदो रहेछ ।
अडर गरेकाहरु एक छेउमा लाईन नै लाग्नु पर्ने हुन्छ । स्वदेशमा मात्र होइन उनले बनाएको सेलको चर्चा युरोप अमेरिकासम्म छ । विदेश पठाउनको लागि कोशेलीको रुपमा धेरैले यहिंबाट सेल, अनरसा लगायतका परिकार लिएर जान्छन । सेल कहाँ लगेर बेच्ने भन्ने बजारको चिन्ता छैन उनलाई । आवश्यक भएकाहरु उनकै कोठामा लिन आइपुग्छन् । पूजा बर्तबन्धबाट आएका अर्डरहरुमा भने उनले सामान पु¥याउने व्यवस्था मिलाएकी छन् । सेलरोटीको व्यापारले उनको परिवार राम्रोसँग चलेको छ । आर्थिकरुपमा पनि उनी सन्तुष्ट छिन् । सेल रोटी बनाउने लगाव कामप्रतिको उनको बुझाई अरुको भन्दा भिन्न छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments