हाम्रो छिमेकमा : छुट्टाछुट्टै सडक दुर्घटनामा दस जनाको मृत्यु
- कार्तिक २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
नयाँदिल्ली ।
भारतमा शनिबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । दक्षिणी राज्य तमिलनाडुमा दिउँसो दुईवटा बस दुर्घटना हुँदा पाँच पुरुष र एक महिलासहित छ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएको एक प्रहरी अधिकारीले बताएका छन् ।
उनका अनुसार चेन्नई–बेङगलोरु राजमार्गमा राज्य सरकारी बस र निजी बस एक आपसमा ठोक्किँदा तिरुपत्तुर जिल्लाको चेट्टीयप्पनुर क्षेत्रमा दुर्घटना भएको हो । ठक्करबाट दुबै सवारीसाधनको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेहरूलाई तिरुपत्तुर र भेल्लोर जिल्लाका अस्पतालमा भर्ना गरिएको छ ।
अर्को दुर्घटनामा, “उत्तरी राज्य हरियाणामा सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ,” एक स्थानीय प्रहरीले फोन मार्फत बताएका छन् ।दिल्लीबाट करिब ४५ किलोमिटर टाढा हरियाणाको गुरुग्राम जिल्लाको दिल्ली–जयपुर राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको कारमा तेल ट्याङ्कर ठोक्किएर दरर्घटना भभएको हो । कारमा आगलागी हुँदा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्को एक जनाको उद्धारक्रममा मृत्यु भएको थियो ।
(रासस / सिन्ह्वा)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments