देउसी भैलोको उत्पत्ति र मान्यता : देशैभरि सुरु भयो देउसी भैलोको रौनक

- कार्तिक २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो ।

यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ। औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ।लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछी देउसी खेल्ने देउसीहरु देउसी गीत गाएर रमाइलो गर्छन । बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी खेल्छ्न् ।

देउसी भैलो गीतको उत्पत्तिबारे धेरैले धेरै थरी अनुमान लगाएका छन् । ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने पंक्तिका आधारमा हिन्दू मिथकका राजा बलि र मगर राजा बलिहाङ यो गीतका पात्र हुन् कि भन्ने अनुमान गरिन्छ। जुम्लामा भने खस राज्यकालका जुम्ली राजा बलिराज कल्याल शाहीले देउसी भैलो खेल्ने परम्परा शुरू गरेको मान्यता अझै पनि पाइन्छ ।

१४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकूको फौजसँग सामना गर्‍यो । यसै युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसी भैलो खेल्न लगाएको केही इतिहासविद्हरू बताउँछन् ।

‘खस जातिको इतिहास’ पुस्तकमा उल्लेख भए अनुसार, “लडाइँमा बलिराजका छोरा वत्सराजले शत्रुलाई छक्क पारे । अन्त्यमा सबै फौज मारिंदा एक्लो वत्सराज खडा रहे । ‘मर्नु भन्दा अगाडि तँलाई के चाहिन्छ रु’ भनेर सोध्दा ‘मलाई तरबार पक्रेर मुसलमानको सबभन्दा बहादुर नेतासँग युद्ध गरेर मर्नु छ । जसरी म भुइँमा छु त्यसरी ऊ पनि भुइँमा ओर्लियोस् र मलाई मारोस् । एक्लैले सक्दैन भने दश जना आए पनि हुन्छ’ भनेर भने ।

यसो भनेपछि आक्रमणकारी छक्क पर्‍यो । कस्तो बहादुर रहेछ भनेर ओर्लेर अंकमाल गरेर मीत लगायो । र मीतज्यूलाई घर फर्किनका लागि बाटो खर्च जुटाउन बलिराजले आफ्नो राज्यभर चन्दा उठाउन पठाए ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर