•  २६ पुष २०८१, शुक्रबार

उत्तरी गाजा पट्टीका अस्पतालबाट सेवा दिन नसक्ने अवस्थामा

- कार्तिक २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं 

इजरायली आक्रमणका कारण अत्यावस्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन् । इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्,ू स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन् ।

अल-शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभाचका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै विरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उनले उल्लेख गरेका छन् । आइतबार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले गाजा शहरको अल-कुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर