गाजा अस्पतालमा आक्रमण जारी राख्ने इजरायलको घोषणा, वर्षाले विस्थापितको विचल्ली
- कार्तिक ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इजरायल र गाजाबिचको द्धन्दले विश्वको ध्यान केन्द्रीत गरिरहेको छ तर पछिल्लो समय गाजा सहरमा के भइरहेको छ भन्ने कुराको जानकारी आउन छोडेको र उक्त क्षेत्रको रिपोर्टिङमा समस्या भएको बुझिएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले अल-शिफा अस्पताल “लक्षित” अपरेशन सुरु गरिरहेको बुभिएको छ। अस्पताल भित्रका एक व्यक्तिले बीबीसीलाई दिएको जानकारी अनुसार इजरायली कमान्डोहरू मुख्य आपतकालीन विभागमा प्रवेश गरेका थिए।
सिपाहीहरू बिरामी र कर्मचारीहरूलाई सोधपुछ गर्न कोठाबाट अर्को कोठामा सरेका थिए, जबकि युवाहरूलाई बाहिर निस्किन आदेश दिइएको थियो। सोधपुछका लागि उनीहरूको अन्डरवियर फुकाल्न भनिएको पनि उनले जानकारी दिएका छन्।
चौध घण्टा पछि, सेनाहरू फिर्ता हुन थालेको रिपोर्टहरू बीबीसीले प्राप्त गरेको छ। आईडीएफले अस्पतालमा हमासले विभिन्न विभागहरूमा हतियार र उपकरणहरू लुकाइएको र उक्त हतिारहरु बरामद भएको दाबी गरेको छ।
इजरायलले बारम्बार हमासलाई अस्पतालको मुनि सुरुङ नेटवर्कमा कमाण्ड(एन्ड)कन्ट्रोल सेन्टर रहेको आरोप लगाएको छ। यो दाबीलाई अमेरिकी खुफियाले समर्थन गरेको छ, तर हमासले भने अस्वीकार गरेको छ।
गाजाको दक्षिणमा, मुसलधारे वर्षा र चिसो मौसमले त्यहाँ आश्रय लिइरहेका दशौं हजार विस्थापित मानिसहरूको पीडालाई अझ बढाएको संयुक्त राष्ट्र संघले जनाएको छ।
रफाहमा, इजरायलले युद्धको सुरुवात पछि पहिलो पटक गाजामा२५ हजार लिटर इन्धनको डेलिभरी अनुमति दिएको छ। कतारी मध्यस्थकर्ताहरूले हमास र इजरायल बीच अक्टोबर ७ मा आक्रमण गर्दा लडाकुहरूले अपहरण गरेका केही बन्धकहरूलाई रिहा गर्ने सम्बन्धमा सम्झौता गर्न प्रयास गरिरहेका छन्।
कूटनीतिक मोर्चामा पनि, संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजामा “विस्तारित मानवीय पज” को लागि आह्वान गर्ने प्रस्तावलाई समर्थन गर्न मतदान गरेको छ।
बेलायतमा राजनीतिज्ञहरूले गाजामा युद्धविरामको लागि आह्वान गरेको विपक्षी दलको प्रस्तावलाई २९३ मतले अस्वीकार गर्यो। इजरायलले अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको हमलापछि १२ सय मानिस मारिएको र २३९ जना अझै पनि गाजामा बन्दी रहेको बताएको छ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले धेरै दिनदेखि मृतक र घाइते प्यालेस्टिनीहरूको नयाँ तथ्यांक जारी गरेको छैन। यसको सबैभन्दा पछिल्लो तथ्यांक अनुसार इजरायली सेनाद्वारा गाजामा ११ हजारभन्दा बढी मानिसहरू मारिएको बताइएको छ। जसमध्ये ४५ सयभन्दा बढी बालबालिका छन्। बीबीसी
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments