कारागारमा कैदीको मृत्यु : देउसी पछि खाना खाएर सुतेका विमल बेहोस अवस्थामा भेटिए

- कार्तिक ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापाको सिन्धुली कारागारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।
विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले बताए ।मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर