कासिन न्यूज,
काठमाडौं ।
चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत बिहिबार भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले खेलको १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनायो ।
नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सीता रानामगरले ९ रन जोडिन् भने रोमा थापाले ७ रन बनाइन् । त्यस्तै नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रूपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् ।
तेस्रो नम्बर ब्याटिङ गर्न आएकी सम्झना खड्कालाई नेपालले दोस्रो विकेटका रूपमा गुमायो । उनी एक रन जोड्दै आउट भइन् । चौथो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । पाँचौँ नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दु बर्मा पनि शून्य रनमै आउट भइन् ।
बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन् । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एक÷एक विकेट लिए ।
नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । हिजो भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । हङकङ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments