चाडपर्व र प्रहरी : तास र लंगरबुर्जा खेलेको आरोपमा १ सय ३३ जना पक्राउ , २१ लाख ७१ हजार ३ सय ३५ रुपैयाँ नगद, २० हजारको चेक , ६९ बुक तास बरामद
- कार्तिक ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चाडपर्वको मौसम सुरु भएसँगै उपत्यकाको सुरक्षाको लागि प्रहरीलाई जहिले पनि टाउको दुखाई भइरहेको हुन्छ । यो अवस्था यो पाली पनि दोहोरीएको छ । दसैंको सुरुवात सँगै थालनी भएको चाडपर्वको मौसमको मौका पारेर चोरी, लुटपाट, जुवातास जस्ता असामाजिक कार्यहरु फेरीस्त विवरण नेपाल प्रहरीले पारेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जारी गरेको विज्ञप्तिअनुसार जुवा खेलेको आरोपमा १ सय ६५ जना पक्राउ परेका छन्। यो संख्या दसैं सकिएपछि अर्थात कात्तिक ११ गतेदेखि कात्तिक ३० गतेसम्मको हो।
प्रभावकारी रूपमा प्रहरी परिचालन र प्रविधि समेतको प्रयोगले घटनाहरू धेरै नभएको उनले बताए। ‘हामीले त्रिवर्षीय विश्लेषण गर्छौं। यद्यपि यस वर्ष हामीले प्रहरी र प्रविधिको उच्चतम प्रयोग ग¥यौं,’ उनले भने, ‘समग्रमा काठमाडौंको शान्ति सुरक्षा कायम रहेकाले धेरै घटनाहरू भएनन्। स्थिति सामान्य रह्यो।’ तास र लंगरबुर्जा खेलेको आरोपमा काठमाडौंका १२ स्थान, ललितपुरबाट २ स्थान र भक्तपुरबाट दुई स्थानमा प्रहरीले छापा मारेको थियो।
जहाँबाट १ सय ३३ जनालाई पक्राउ गरी २१ लाख ७१ हजार ३३५ रुपैयाँ नगद, २० हजारको चेक र ६९ बुक तास बरामद गरेको छ। त्यसैगरी कौडा खेलेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १२ लाख ९१ हजार ५सय ५० रुपैयाँ बरामद गरेको हो। यसैगरी पटाकाहरू पनि प्रहरीले बरामद गरेको छ। पटाकासहित प्रहरीले ८ जनालाई नियन्त्रणमा समेत लिएको छ।
त्यसैगरी आगलागीका १४ वटा घटनाहरू भएका छन्। काठमाडौंमा आठ स्थान, ललितपुरमा ४ स्थान र भक्तपुरमा दुई स्थानमा आगलागी भएको थियो। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा लक्ष्मीपूजा गर्नेक्रममा दियोबाट सल्किएर आगलागी हुँदा ८२ वर्षीया वृद्धाको मृत्यु भएको थियो। आगलागीबाट समग्रमा आठ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको एसएसपी मैनालीले बताए।
उनका अनुसार कात्तिक ११ गतेयता सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा दुर्घटना हुँदा दुई जनाको, ललितपुरमा ४ जना र भक्तपुरमा एक जनाको मृत्यु भएको छ। यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यस्तै उपत्यकामा ३७ ठाउँमा चोरी भएको छ। जसमा संलग्न ७ जनामात्रै पक्राउ परेका छन्। काठमाडौंमा २७ लाख ७९ हजार ४ सय ४५ रुपैयाँ बराबरको, ललितपुरमा २५ लाख ३० हजार ७ सय ५० र भक्तपुरमा ५० लाख ५६ हजार बराबरको चोरी भएका छन्।
काठमाडौंमा पाँच ठाउँमा लुटपाट पनि भएका छन्। जसमा संलग्न तीन जना पक्राउ परेका छन्। यी आपराधिक घटनामा संलग्न आरोपीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments