फिफा विश्वकप छनोट : नेपाल युएईसित ४–० गोलअन्तरले पराजित
- मंसिर १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।
युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे । दोस्रो हाफमा भने युएईले आक्रमक खेल खेले पनि गोल गर्न भने सकेन । युएईका खेलाडीको पटक पटकको प्रयास नेपाली खेलाडीले विफल पारे । युएईसितको खेलमा अन्जन राई, छिरिङ लामा र योगेश गुरुङले डेब्यू गरेका थिए । नेपालले छनोटअन्तर्गत आफ्नो दोस्रो खेल यही मङ्सिर ५ गते यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्नेछ । लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments