काठमाडौं ।
एकातर्फ टिकटक बन्दको चर्चा अर्को तर्फ मंसिर ७ गते दुई राजनीतिक कलाकारहरु दुर्गा प्रसाई र महेश बस्नेतको भाले भिडन्तको चर्चाले अहिले उपत्यकाको चिसो मौसम पनि गर्मीन थालेको छ । तर मंसिर ७ को भन्दा अहिले सिम्रनको मन टिकटक बन्द गर्ने सरकारको निर्णयले केही दुखेको रहेछ ।
भने बिहिबार सामाजिक सञ्जाल र मिडियामा एउटा समाचारले चर्चा पायो । सिरहाको मिर्चैयामा हिन्दू सम्राट सेनाले प्रसाईलाई गरेको भव्य स्वागत । अनि उनले दिएको भाषण । प्रसाईले अहिले जहाँ गएपनि भन्ने कुरा हो बैंक वा सहकारीको ब्याज तिर्र्नु पर्दैन यी दुई संस्थाबाट जो कोही आउँछ लखेट्नु ।
कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीको निकट भएर काम गरेका प्रसाई त्यो समयमा अध्यक्ष ओलीका दाहिने हात मानिन्थे । अहिले अध्यक्ष ओलीको सम्पत्ति बारे हल्ला गरेर चर्चा बटुलिरहेका प्रसाई स्वयंको अर्बौ माथि कर्जा छ भनेर सुनिन्छ । हुन् त प्रसाई मेडिकल व्यवसायी हुन् कर्जा नहुने कुरै भएन । यता बस्नेत आफना अध्यक्ष ओलीको लागी लडिरहेका छन् । उनले प्रसाईलाई ओलीको सम्पत्ति बारे प्रमाणित गर्न ठूलै चुनौती दिएका छन् ।
झापाका प्रसाई र भक्तपुरका बस्नेत दुबै राजनीतिक चर्चाको खेती गर्न माहिर मानिएका राजनीतिककर्मी हुन् । सामाजिक सञ्जाल र मिडियामा देखीएर चर्चामा आउनको लागि यी दुई राजनीतिककर्मीहरुलाई सिकाई रहनु पर्दैन् । ओली नेतृत्वले नै अगाडी तानेको व्यक्ति प्रसाई । अहिले किन यसरी ओली विरुद्ध जाँदै छन् भन्ने प्रश्नहरु सडकका चिया पसलका चर्चाका बिषय बनेका छन् ।
कतिले त प्रसाई कर्जाले गर्दा पागल हुन् लागेका रे पनि भन्ने गर्छन् । कतिले पैसाको भरमा आफ्ना अभिलाषा पूर्ण गर्न कसिएका भनेर आरोप लगाउने गर्छन् । प्रसाई अहिले पूर्ण रुपमा गणतन्त्र बिरोधी भएका छन् । राजतन्त्रको वकालत गर्दै हिंडेका प्रसाईलाई टिकटक बन्दले पनि सताएको रहेको छ ।
अहिले सामाजिक सञ्जालमा आफनो चर्चा चुलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड डराएको जस्ता मनगणन्ते कथाहरु बाचन गर्न थालेका छन् प्रसाई ।जहिले पनि आफनो क्षमता भन्दा अरुको आड भरोसामा रम्ने गुण पालेका भक्तपुरका बस्नेत र झापाका प्रसाईलाई राजनीतिक नौटंकीमा कसैले पनि उछिन्न सक्दैन भन्ने कुरामा केही सत्यता पनि देखीन थालीएको छ । अब प्रतिक्षा गरौै मंसीर ७ मा देखाइने भनिएको प्रसाई र बस्नेतको नाटकको ।
।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments