कासिन न्यूज,
काठमाडौं ।
भारतले चन्द्रमामा पठाएको रकेट चन्द्रयान-३ लाई धर्तीबाट ३६ हजार किमी टाढा पठाउने हिस्सा पृथ्वीमै फर्किएको छ । बुधबार राति उक्त हिस्सा अमेरिका नजिक उत्तरी प्रशान्त महासागरमा झरेको भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी इस्रोले पुष्टि गरेको हो । यो एलभीएम–३ एम-४ रकेटको कस्मोजेनिक अपर स्टेज थियो ।
यसले सन् २०२३ को जुलाई १४ मा चन्द्रयानलाई धर्तीमाथि १३३ किमी बाइ ३५ हजार ८२३ किमिको अर्बिटमा पुर्याएको थियो । त्यति बेलादेखि नै यो आकाशमा चारैतर्फ चक्कर लगाउँदै विस्तारै विस्तारै पृथ्वीको नजिक आइरहेको थियो । नोभेम्बर १५ को राति पौने तीन बजे आसपास यो हिस्सा अमेरिकाको तटबाट टाढा प्रशान्त महासागरको उत्तरमा खस्यो ।
नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड)ले अन्तरिक्षबाट आइरहेको सो वस्तु चन्द्रयान रकेटको हिस्सा भएको पुष्टि गरेको थियो । धर्तीको तल्लो कक्षबाट कुनै पनि वस्तु पृथ्वीको सतहमा खस्न झन्डै १२४ दिन लाग्छ । एलभीएम-३ एम-४ रकेटको सो हिस्सा पनि लगभग उति नै दिनमा खसेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments