हिन्दू राष्ट्रको माग गर्दै कांग्रेस प्रदेश सांसदको दण्ड प्रणाम यात्रा
- मंसिर ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा दण्डप्रणाम यात्रा गरेका छन् । पराजुलीले धर्म सहितको सनातन हिन्दू राष्ट्रको माग राख्दै विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम यात्रा गरेका हुन् । घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दू राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै १९ औं पटक दण्डप्रणाम यात्रा गरेको बताए । उनले मुलुकको शान्ति विकास र समृद्धिका लागि कामना गरेर दण्डप्रणाम यात्रा गरेको समेत बताए । दण्डप्रणाम यात्राका लागि शनिबारदेखि व्रत बसेको उनको भनाइ छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments