आईसीसी विश्वकप क्रिकेट : भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
- मंसिर ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अस्ट्रेलियाले कीर्तिमानी छैटौँ पटक आईसीसी विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले खेल सकिन ४२ बलअघि भेट्टायो ।
अस्ट्रेलियाका लागि ट्रेभिस हेडले शतक प्रहार गरे । १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गर्दै एक सय ३७ रन बनाए । त्यसैगरी, मार्नस लाबसेनले ५८ रन जोडे । ११० बलको सामना गरेका उनले ४ चौका प्रहार गरे । चौथो विकेटका लागि हेड र लाबसेनले एक सय १९२ रनको साझेदारी गरेका थिए । सातौँ ओभरमा ४७ रनमा ३ विकेट गुमाएको अवस्थाबाट अस्ट्रेलियाले जित हासिल गरेको हो ।
अस्ट्रेलियाका लागि मिचेल मार्शले १५, स्टिभन स्मिथले ४, ग्लेन म्याक्सवेलले २ र डेभिड वार्नरले ७ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद शामी र मोहम्मद सिराजले १ विकेट लिए । त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।
कसिलो बलिङ गरेको अस्ट्रेलियासामु निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो ।
भारतका केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भए । ६३ बल खेलेका विराटले चार चौका प्रहार गरे । कप्तान रोहित शर्मा ३१ बलमा तीन छक्का र चार चौकासहित ४७ रनमा आउट भए ।
शुभमन गिल ७ बल खेल्दै चार रन बनाएर पभेलियन फर्किए । सूर्यकुमार यादव २८ बल खेल्दा एक चौकासहित १८ रनमा आउट भए । श्रेयस ऐय्यर तीन बलमा ४ रन बनाएर आउट हुँदा रवीन्द्र जडेजाले २२ बल खेल्दै ९ रन बनाए ।
मोहम्मद सामी १० बल खेल्दै ६ रनमा आउट हुँदा तीन बल खेलेका जसप्रित ब्रुमराह १ रनमा पभेलियन फर्के । कुलदीप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिदा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १–१ विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments