माओवादी केन्द्र र समाजवादी एकता : सिंगो पार्टी एकीकरण हुने वा नहुने भन्ने विषयमा सोमबार साँझ ८ बजे टुङ्गो लाग्ने

- मंसिर ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग सिंगो पार्टी एकीकरण हुने वा नहुने भन्ने विषयमा सोमबार साँझ ८ बजे टुङ्गो लगाउने भएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई, महिन्द्रराय यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवबिच हुने एकिकरण वार्ता ले पार्टी केन्द्रीय समिति बैठकको एजेन्डा र पार्टी एकताको विषयमा टुङ्गो लगाउने महासचिव यादवर्ले बताए । वार्ताबाट सहमति भए मंगलबार माइन्युटमा हस्ताक्षर गर्नेगरी तयारी भएको छ ।

यसअघि एकता सम्बन्धमा दुवै पार्टीका वार्ता टोलीले आइतबार गरेको सहमति पत्रको विषयमा छलफल गर्न सोमबार दिउँसो पनि पार्टी कार्यालयमा शीर्ष नेताहरूको बैठक बसेको थियो । उक्त बैठक औपचारिकतामै सीमित रहेको र बेलुका वारपारको छलफल गरेर निर्णयमा पुग्ने समझदारी भएको यादवले बताए ।
‘माओवादी पार्टीसँग एकताको विषयमा टुङ्गो लगाउन अध्यक्षद्वय बाबुराम र महिन्द्र, सहअध्यक्ष गंगा र मसमेतको बैठक बसेको थियो । उहाँहरू प्रधानमन्त्रीले बोलाएको बैठकमा भाग लिन जानुपर्ने भएकाले दिउँसो कुनै सहमति भएन । बेलुका ८ बजे फेरि बस्छ’, यादवले भने ।
बाबुराम निवास टोखामा बस्ने बैठकले केन्द्रीय समितिको एजेण्डा तय र माओवादीसँग पार्टी एकताको टुङ्गो लगाउने महासचिव यादवले जिकिर गरे । यादवका अनुसार दुई दिन राखिएको केन्द्रीय समिति बैठक घटाएर ६ गते मात्र राख्ने तयारी भएको जानकारी दिए । त्यस्तै महाधिवेशनको एजेन्डा हटाएर एकतासम्बन्धी एजेण्डामात्र राख्ने तयारी भएको छ ।
‘माओवादीसँग पार्टी एकता गर्ने विषयमा सकारात्मक छलफल भइरहेको छ । पार्टीभित्र एकताको विरोध कसैले पनि गरेको छैन । विचार, सिद्धान्त, पार्टीको नाम लगायत विषयमा निर्णय लिन मंगलबार पदाधिकारी बैठक बोलाएको छ’, उनले भनिन् ।
पछिल्लो समय माओवादीसँग एकता गर्न आनाकानी गरिरहेका भनिएका बाबुरामलाई एकता पक्षधरहरूले फकाउने प्रयास गरिरहेका छन्।

माओवादीसँग एकीकरण गर्ने पूर्वसहमति भइसकेकाले एकतावद्ध भएर सिंगो पार्टी नै एकीकरणा जानुपर्ने एकता पक्षधरको जोड छ । त्यस्तै बाबुरामले भन आफू एकताको विरोधी नभएको तर पार्टीको नाम, सिद्धान्त र कार्यदिशा तथा राजनैतिक र वैचारिक विषयमा स्पष्ट भएर मात्र एकता गर्नुपर्नेमा उनले जोड दिँदै आएको र सोमबार दिउँसो पनि यस्तै धारणा राखेका बताइएको छ ।

महासचिव यादव भने अध्यक्ष महिन्द्रका विश्वासिला पात्र हुन् । दुई जना नेताबीच भावनात्मक कुरादेखि पार्टी एकतासम्म कुरा भएको बुझिएको छ । दुवै जना दुवै अध्यक्षका २०÷३२ वर्षको सम्बन्ध रहेकाले एक ढिक्का भएर पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल समाजवादी पार्टीमा १८९ जनाको केन्द्रीय कमिटी रहेको छ । जसमा एकता पक्षधरमा धेरै रहेको दाबी गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर