एमाले केन्द्रीय कमिटी बैठक : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा बारे छलफल हुने
- मंसिर ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मंसिर १४ गतेदेखि सुरु गर्ने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ का बारेमा भइरहेको तयारीबारे छलफल हुनेछ । अभियान बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।
यस्तै, भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँमा गर्ने प्रदर्शन, पार्टीको आन्तरिक जीवन, देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बताइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments