झडपमा उत्रिन थाले प्रसाई : प्रहरी र प्रसाई नेतृत्व बिच झडप – प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार
- मंसिर ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो ।
प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ । प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ ।कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ । यता प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् । यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments