कासिन न्यूज,
काठमाडौं ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतङ्ककारीहरू मारिएका छन् । प्रहरीको आतङ्कवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतङ्ककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।
प्रहरीले छापा मार्दा आतङ्ककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतङ्ककारीहरू सो प्रान्तमा आतङ्कवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments