•  २५ पुष २०८१, बिहीबार

राजदूत नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिको आह्वान

- मंसिर ८, २०८० मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।
यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर