कामनपा ९ मा तनाव : बिजयचोकको घरेलु गेष्ट हाउसमा प्रसाईँका प्रर्दशनकारीहरुको गणतन्त्र विरोधी नारा

- मंसिर ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मेडिकल व्यवसायी एवं गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको भक्तपुर स्थित निवासमा नेपाल प्रहरीको स्पेसल टाक्स फोर्स परिचालन गरिएको छ ।आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पछि उनलाई प्रहरीले निगरानीमा राखेको हो ।

आज तीनकुनेमा प्रसाईँ समूहले प्रदर्शन गर्ने तयारी गरे पछि काठमाडौं प्रशासनले रोक लगाएको थियो । प्रहरीले तीनकुने क्षेत्रमा सहभागी हुन आउनेलाई प्रक्राउ तथा उक्त क्षेत्र बाट फर्काउने गरेको छ । हाल सरकार ले प्रसाईँलाई अघोषित नजरबन्दमा राखेको छ ।

प्रसाईँको निवासमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ त्यस्तै काठमाडौं महानगरपालिका ९ नम्वर वडा भित्र बिजयचोकमा रहेको घरेलु गेष्ट हाउस रहेका प्रसाईँका प्रर्दशनकारीहरुले होटल भित्रबाट नै गणतन्त्र विरोधी नारा लगाउन थालेका छन् । जसको गर्दा अहिले तनाव ग्रस्त रहेको एक स्थानिय कासिन न्यूज सँग बताए ।

अहिले सो स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रर्दशनकारीहरुलाई जहाँको त्यही राखेको छ । बसेको स्थानबाटै बाहिर निस्कन नदिने सरकारको रणनिती देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर