अघोषित नजरबन्दमा प्रसाई : व्यवस्था परिवर्तन नभएसम्म प्रसाईँको प्रर्दशन जारी रहला त ?

- मंसिर ८, २०८० मा प्रकाशित


काठमाडौं ।
लगभग लगभग अब चाडपर्वको मौसम पनि सकिएको जस्तो छ । त्यसैले अब सडक नाट्य प्रर्दशनको मौसम सुरु भएको जस्तो लाग्न थालेको छ सिम्रनलाई । केही दिन अघि उनी सँग गफ गर्दा उनी प्रश्न गर्दै थिइन् ।
कस्तो हुन्छ यो सडक नाट्य ? राजनीति देखी निकै टाढा रहेकी सिम्रनलाई उनले तेर्स्याको प्रश्नको उत्तर सरल रुपमा दिँदा अहिलेको सडक नाट्यको प्रमुख पात्र भनेको चर्चित मेडिकल व्यवसायी, गणतन्त्र र लोकतन्त्रका घोर बिरोध गर्दै अहिले राजतन्त्रका दमदार पक्षपाती भएका दुर्गा प्रसाईँ नै हुन् ।
केही बेर अक्कमक्क परेर सिम्र्रनले भनिन उहाँ त राम्रो मान्छे होइन । बिचरा सिम्रनलाई के थाहा प्रसाईँ जि असल कि खराब हुन् भनेर । साच्चै भन्ने होे प्रसाईँ असल पनि होइनन खराब पनि होइनन । अब हुन् उनी के ? यसको सामान्य उत्तर छ उनी मौकापरस्त व्यक्तित्व हुन् जसले जति बेला पनि रंग रोगनलाई परिवर्तन गर्न सक्छ ।


अहिले त्यहि परिवर्तीत रुपलाई सजिलो पाराले जनता झुक्याई रहेका छन् । आर्थिक उन्मुक्ताको यो परिवेशमा आर्थिक लाभको लागि जो कोही पनि अहिले प्रसाईँ सरको शरणमा पर्न जानुलाई ठूलो कुरो मानिदैन् ।
प्रसाईँ प्रर्दशनको पूर्व सन्ध्यामा काठमाडौं एउटा कुनामा एक युवा व्यापारी भेटिए, उनी भन्दै दाई मलाई त आर्थिक सर्पोटका लागि उनीहरुले पेलीरहेका छन् । त्यो पनि २० लाख । हामी जस्ता व्यापारीहरुका लागि त्यो एमाउन्ट त ठूलै होनी । फेरी उनीहरुले हामीलाई चेक दिने रे त्यसलाई हामीले क्यासमा कन्भर्ट गरिदिनु पर्ने अब भन्नुहोस् त ? कहाँ बाट ल्याउने त्यत्रो रकम । अहिले काठमाडौंमा प्रसाई प्रर्दशनले आफनो अस्वभाविक रुप देखाउन थालेको छ ।
आन्दोलनलाई जारी राख्ने भन्दै जसरी प्रेस सम्मलेन गरे लगत्तै उनी सरकारको अघोषित नजरबन्दमा परे । भने उनका कार्यकर्ताहरु खोरमा । ‘व्यवस्था परिवर्तन नभएसम्म प्रसाईँको प्रर्दशन जारी रहला त ? यसको उत्तर खोज्ने जिम्मा आदरणीय पाठकलाई दिँदै आजलाई कासिन गाथालाई बिट मार्छु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर