आधारभूत स्वास्थ्य संस्था : शिलान्यास भए तर निर्माण भएनन्
- मंसिर ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
फिक्कल ।
स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन सङ्घीय सरकारले २०७७ मङ्सिर १५ गते इलामका सातसहित कोशी प्रदेशका ८६ ओटा आधारभूत अस्पताल एकैसाथ शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्यो । तर, अझैपनि अस्पताल निर्माणको कार्य निराशाजनक छ । जिल्लाको माईजोगमाई, रोङ, चुलाचुली, फाकफोकथुम, र माङसेबुङ गाउँपालिका साथै सूर्योदय र माई नगरपालिका गरी सात स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पातलको शिलान्यास गरिएको थियो । तीमध्ये सूर्योदय, माई र चुलाचुलीमा १५÷१५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य सम्पन्न भएर सेवा सुरु भएको एक वर्ष बित्यो । बाँकी स्थानीय तहमा काम सुरु गर्ने छाँटकाट नै छैन । माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा रु १५ करोडमा तीन वर्षे ठेक्कामार्फत १५ शय्याको आधाभूत स्वास्थ्य अस्पताल निर्माणको काम सुरु भएको डेढवर्ष भयो । कामको प्रगति भने सुस्त नै छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भन्नुभयो, “सुरुवातमा सामान ढुवानीको समस्याले ढिलाइ भए पनि काम समयमा सक्नलाई अहिले हामी ठेक्केदारलाई लगातार ताकेता गरिरहेका छौँ ।
”फाकफोकथुम गाउँपालिका–२ कोलभोटेमा रु १३ करोड ७९ लाखमा ३६ महिनामा निर्माण हुनेगरी २०७९ फागुन महिनामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको ठेक्का लागेको थियो । भौगोलिक रुपमा अप्ठ्यारो ठाउँ भएकाले जेठसम्म खार्दै ठिक्क भएको र मङ्सिरपछि धमाधम काम सुरु गर्ने गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल बताउछन् । जिल्लाको पश्चिमी गाउँपालिका फाकफोकथुममा सडक र स्वास्थ्य दुबैको सहज पहुँच नहुँदा नागरिकलाई सास्ती छ । बिरामी परेर उपचारमा सदरमुकामसम्म आउने सडक सञ्जालको व्यवस्थित निर्माण भएकोे छैन । बर्षाद्मा यहाँका नागरिक पालिका छोडेर अन्यत्र जानसक्ने अवस्था नभएको स्थानीयवासी बुद्धिसागर भण्डारीले बताए ।
रोङ गाउँपालिका–५ मा आधारभूत स्वास्थ्य अस्पतालका लागि स्थानीयवासीले १५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको भए पनि निर्माणको काम सुरु हुनसकेको छैन । उक्त अस्पताल निर्माणमा करिब रु ११ करोड हाराहारी लागत लाग्ने तर मन्त्रालयले १९ लाख मात्र बजेट छुट्याएकाले काम गर्न अलमल भएको अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए ।
‘चाडपर्वपछि एकपटक स्वास्थ्य मन्त्रालय गएर बजेट प्राप्तिको सुनिश्चितता भएपछि मात्र काम सुरु गर्छौँ ।’ उनी भन्छन्, “ठेकेदारले हामीसँग सम्झौता गरेको हुन्छ । मन्त्रालयले बजेट समयमा पठाएन भने यहाँ समस्या हुनेभएकाले प्रक्रिया अगाडि बढाउन नसकिएको हो ।” माङसेबुङ गाउँपालिका–५ लारुम्बामा अस्पताल बनाउन स्थानीयवासीले आठ रोपनी जग्गा निःशुल्क दान दिएर पालिकाले डिपिआरको काम सकेपनि मन्त्रालयले बजेट नदिँदा काम सुरु हुन नसकेको अध्यक्ष हेमन्त राईले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments