राजनितिक दलहरू सच्चिएन भने गणतन्त्र बिरोधी धारको नेतृत्व गरेका प्रसाईको अभियानले सार्थकता पाउन समय नलाग्ने
- मंसिर ९, २०८० मा प्रकाशित
राजकुमार लामा ।
नेपाली राजनीतिमा देखीएको उर्लदो असन्तुष्टिको प्रार्दुभाव अहिले एक व्यक्ति राजनीतिको कठघरामा उभिएको छ । अगाडी पछाडी कोही नभएको सरल नौटंकी भएपनि एक व्यक्तिले ल्याएको तरंगमा गणतन्त्र विरोधीहरुको ठूलै समूह तैनाथ छ ।
बल्खुमा दुर्गा प्रसाई समुह र तिनकुनेमा एमालेको युवा संघ समूहको प्रर्दशन पछि अहिले देशमा केही नकरात्मक दृष्यहरु देखीन थालेका छन् । नेपालमा चाडपर्वको मौसमको समाप्ती सँगै सरकार बिरोधी र गणतन्त्र बिरोधीहरु अहिले सडकमा आफनो उत्तेजनात्मक नौटंकी देखाउँदै छन् ।
बिगतका समयमा केही दिन एमालेको पाहुना , केही दिन नेकपा माओवादी केन्द्रको पाहुना भएर बसेका सडक नाटकका मुख्य पात्र प्रसाईँ अहिले गणतन्त्र बिरोधी भएर सडकमा उत्रिएका छन् ।एमाले र माओबादी केन्द्र दुवै सँग नाकको चुच्चो टाँसेका प्रसाईँ अहिले यी दुई दल सँग गरेको हिसाबमा फेल भएपछि ठूलो गणतन्त्र बिरोधी भएका छन् ।
वाहीयात र नचाहिँदा राजतन्त्र र बैंक लघुबित्तको ऋणीहरू लाई ऋण मिनाह जस्ता फण्डा क्रेट गरेर जनमानस सामु आउने ठूलो प्रपञ्च रचिरहेका छन् ।तर सतहमुनि एकैसाथ भएको जुलुसले प्रसाई र एमाले बीचको झगडालाई प्रतिनिधित्व गरेको पनि स्पष्ट देखिन्छ।
तीनकुनेमा एमालेको राष्ट्रिय युवा संघ एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र पूर्व सांसद महेश बस्नेतले वर्तमान गठबन्धन सरकारको अक्षमताको घोर विरोध गरे साथ साथै प्रसाईँको पनि उछितो काढेका थिए । अहिले सरकारलाई गाली गर्ने भन्दा गणतन्त्र विरोधी आंसिक तत्वहरुलाई लखेट्नु पर्ने अवस्था आएको छ । तर एमालेको नौटंकी बुझ्दा सर्पो पनि मर्ने लठि पनि नभाँचिने जस्तो देखीन्छ ।
एक दशक यता मुलुकमा ठूला राजनीतिक परिवर्तन पनि, मुलुकको अवस्था फेरिएन। न त राजनीतिक स्थायित्व कायम भयो, न त संविधानको पूर्ण कार्यान्वयन भयो। नेताहरूले आफू अनुकूल संविधान / कानूनको व्याख्या गर्ने र संसदीय राजनीतिका पुरानै विकृति र विसंगतिलाई दोहो¥याइरहे।
त्यसैकारण जनताले संघीय लोकतान्त्रिक गणतन्त्र प्रति बितृष्ण बढ्दै गएको देखिन्नछ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र आए पनि जनतामा त्यसको अनुभूति हुन सकेन । जनता र नेताबीचको खाडल पुरिनु साटो झन् गहिरो हुँदै गयो ।
जसले गर्दा नेपालको राजनीतिमा एक पछि अर्को विकृत देखा पर्न थाल्यो । पूर्वी नेपालको बिर्तामोडमा स्वास्थ्य संस्था स्थापना गर्न बिभिन्न बैंकबाट ऋण लिएर ऋणमा डुबेका प्रसाईले बैंक ऋणीलाई ऋण नतिर्न आग्रह गर्दै सार्वजनिक रूपमा अभियानको नेतृत्व गर्दै आएका छन् ।
नेताहरू प्रति जनता निराश छन् र भरपर्दो नेतृत्वको खोजीमा छन् । त्यसैले कतिपयले जनताको निराशा लाई क्यास गर्न खोजिरहेका छन् निराश जनताको बिस्वास दिलाउन खोज्ने अरू कोही नभएर आफनो निजी स्वार्थका लागी दुुई दलबाट नभए पछि एक पछि अर्को फण्डाको गर्दै राजतन्त्र हिन्दू धमर्, बैंक लघुबित्त ऋणको पासा फालेको देखिन्छ ।
राजतन्त्र हिन्दु धर्म बैंक र लघुबित्तका ऋणीहरूको समर्थन जुटाएर आफ्नो आर्थिक संकटबाट आफूलाई बाहिर निस्कने सहज बाटोको पर्खाइमा प्रसाईँ रहेको सामान्य व्यक्तिले बुझ्ने कुरा हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंको गतिबिÞधी खासै मनपराई रहेको छैन । तर उनकै दलका नेताहरू पार्टीबाट टाढिँदै गएका प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र , ज्ञानेन्द्र बहादुर शाही जस्ता नेताहरू प्रसाईँको सर्मथनमा उभिएको छन् ।
संघीयता यसै पनि हामीलाई आर्थिक संकटको कारक बनेको छ । यसबाट जनताले न उपलब्धि पाएका छन् न त समृद्धिमा कुनै टेवा दिएको छ । मात्र दलीय भागबन्डाको मिठास स्वाद चाख्ने थलो बनेको छ संघीय लोकतान्त्रिक गणतन्त्र ।
बर्तमान राजनितिक गोलचक्करवाद को विकल्प के ?
के अहिले कै दल र राजनितिक प्रणाली बाट मुलुक र जनता को भविश्य सुनिश्चित छ त ? यो स्वाभाविक प्रश्न हो । तर अहिलेको अवस्थामा युवा पुस्तामा नेतृत्व हस्तान्तरण बाहेक अन्य विकल्प छैन् । गणतन्त्रलाई कुनै बाहनामा कमजोर बनाएर राजनितिको खेल खेल्न एक पछि अर्को बिभिन्न नारा र ईसु आईरहेका छन् । यसलाई विफल पार्नको लागि मात्र भएपनि अहिले युवा पुस्तामा नेतृत्व हस्तान्तरणको आवश्यकता देखीन थालेको छ ।
कही कतै नेतृत्वतहले ढिलासुस्ती गर्यो भने यो मुलुकमा गणतन्त्र गुम्न धेरै समय नलाग्न सक्छ । यो मुलुक लगभग अराजकताको बाटोमा देखिन्छ हाल सडकमा देखेको हर्कतले पनि जो कोहीले सहजै अनुमान गर्न सकिन्छ । समयमा राजनितिक दलहरू सच्चिएन भने गणतन्त्र बिरोधी धारको नेतृत्व गरेका प्रसाईको अभियानले सार्थक पाउन समय नलाग्न सक्छ ।
बेथितिको डंगुरमै लुतपुतिएको राजनीतिक नेतृत्व यतिधेरै बदनामी भयो, कि जनतामा राजनीतिप्रति चरम घृण पैदा भयो, राजनीतिप्रतिको असन्तुष्टि अग्लिएको मात्रै छैन, व्यवस्था समेत अप्ठ्यारो पर्ने खतरा पनि उत्तिकै छ, यतिमात्रै होइन, विद्यमान बेथितिको समयमै अन्त्य भएन, भने रानीतिक नेतृत्वसंगै व्यवस्थाको विरुद्धमा नागरिक आवाज यो भन्दा पनि चारगुणा बढी विस्फोट हुन सक्छ । बिग्रदो परिस्थितीलाई काबु बाहिर जान नदिनको लागी सतहमा आएका मागहरू प्रति गम्भिर बनौ ईमान्दारी र जवाफदेहिता कार्यशेलीलाई अपनाई कम्तिमा अप्ठ्यारोमा परेको जनताहरूको माग सम्बोधन प्रति ध्यान केन्द्रित गरौ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments