हाम्रो छिमेकमा : भारतमा फलाम खानीमा बम विस्फोट हुँदा दुईको मृत्यु
- मंसिर ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
नयाँदिल्ली
मध्य भारतको छत्तीसगढ राज्यस्थित फलाम खानीमा शुक्रबार भएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विष्फोट हुँदा दुई कामदारको मृत्यु हुनुका साथै एक घाइते भएको प्रहरीले जनाएको छ ।
छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब तीन सय ५० किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लामा विस्फोट भएको हो ।एक प्रहरी अधिकारीका अनुुुसार “पीडितहरू आमदई घाटी फलाम खानीमा काम गर्न जाँदै थिए,” “घाइते मजदुरलाई उपचारका लागी अस्पताल भर्ना गरिएको छ ।”
नक्सलवादी समूहका कामदारले आफ्ना माग पूरा गराउनका लागि दबावस्वरुप सो विष्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।हाल भारतको मध्य र पूर्वी भागहरूमा ती समूहहरू सक्रिय फलाम खानी निजी कम्पनीलाई दिइएको र सो क्षेत्रमा सञ्चालित नक्सलवादी समूहले लामो समयदेखि आयोजनाको विरोध गर्दै आएका समाचारमा जनाइएको छ ।
(रासस/ सिन्ह्वा)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments