पूर्व राजालाई महामन्त्री थापाको चुनौति : राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न आउ
- मंसिर ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् ।गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौति दिए ।
महामन्त्री थापाले भने–नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरु काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यहि राजा होइन ? राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस ।
राजालाई पनि म भन्न चाहान्छु,महराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल,चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर । महामन्त्री थापाले राजाले धर्म जोगाउछन् भन्ने भ्रममा नपर्न समेत आग्रह गरे । मौका पर्दा मन्दिरका मुर्ति चोर्नेले सनातन धर्मको रक्षा नगर्ने भन्दै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम रहेको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments