कासिन न्यूज,
काठमाडौं ।
गाजा पट्टीमा बन्धक बनाइएका बाह्र जना थाई नागरिकलाई रिहा गरिएको थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले शुक्रबार बताउनुभएको छ ।
थाई दूतावासका अधिकारी रिहा गरिएका बन्धकहरूलाई लिनको लागि बाटोमा रहेको प्रधानमन्त्री श्रेथा थाभिसिनल सामाजिक सञ्जाल पोस्टमार्फत उल्लेख गरेका छन् । बन्धकहरू इजरायल प्रवेश गरेका छन् तथा हाल हात्जेरिम एयर फोर्स बेसमा प्रशोधन केन्द्रमा लगिएको थाई विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत भन्यो ।
रिहा गरिएका बन्धकहरूलाई उनीहरूको मेडिकल सुविधामा आइपुगेपछि सहयोग गरिनेछ जहाँ उनीहरूलाई ४८ घण्टाको मेडिकल सुपरिवेक्षणमा राखिनेछ र बाहिरका मानिसहरूको पहुँच हुनेछैन, विज्ञप्तिमा भनिएको छ । हमास र इजरायलले यस हप्ताको सुरुमा गाजापट्टीमा चार दिनको युद्धबिराममा सहमति जनाएका थिए । सम्झौता अन्तर्गत हमासले इजरायलमा बन्दी रहेका एक सय ५० प्यालेस्टिनी बन्दीहरूको बदलामा गाजाबाट कम्तीमा ५० जना बन्धकहरूलाई रिहा गर्ने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments