प्रचण्ड, प्रसाई र राष्ट्रबाद : बेमौसमा बजेको बाजाले ल्याएको तरंग

- मंसिर १०, २०८० मा प्रकाशित


सुधीर नेपाल ।
अहिले देशमा दुर्गा प्रसाईँ, गणतन्त्रबादी र राजाबादीहरुको मौसम चलिरहेको छ । एक ले अर्कोलाई गर्ने तथानाम गाली गौलोचका तिखा बाणीहरु पनि सुनिन थालिएको छ । यि तिनै मध्ये पनि प्रसाईँ भने भर्खर मात्र राजनीतिक चक्रब्यूहको खाल्डोमा हाम फालेका एक मानव हुन् । जसरी अहिले प्रसाईँले आफूलाई मैदानमा एकल खेलाडीको रुपमा उतारेका छन् । त्यसमा उनले पाउने सफलताको बिन्दूको प्यारामिटरले कति मापन गर्छ । त्यो त हेर्न बाँकी नै छ ।
राज्य सत्ता देखी सम्पूर्ण व्यवस्था नै परिवर्तन गर्छु भन्दै हिँडेका प्रसाईँ अहिले आफू स्वर्गीय राजा महेन्द्रको स्वरुप भएको बताउन थालेका छन् । उनका भाषणहरु सुन्दा लाग्छ । अहिले नै परिवर्तनको भै सक्यो जस्तो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले अहिलेको समय भनेको प्रसाईँको हो भन्दै जनसागरलाई उराल्ने राम्रै सूत्र प्रयोग गरिरहेका छन् ।
तर सतहमा गएर हेर्दा प्रसाईँ कति ठिक कति बेठिक भन्ने प्रश्न पनि एकातर्फ आउने गर्छ । बिशेष गरेर मारवाडी समुदाय लक्षित उनका भाषणहरुले भविष्यमा कस्तो रुप दिन्छ त्यो प्रसाईँ स्वयंलाई पनि थाहा नभएको होइन । बजारमा अहिले पनि प्रसाईँ कार्यशैलीलाई बिभिन्न किसिमले तर्क बिर्कत भै रहेका छन् । कतिले त प्रसाईँ कर्जाले गर्दा पागल हुन् लागेका रे पनि भन्ने गर्छन् । कतिले पैसाको भरमा आफ्ना अभिलाषा पूर्ण गर्न कसिएका भनेर आरोप लगाउने गर्छन् । प्रसाईँ अहिले पूर्ण रुपमा गणतन्त्र बिरोधी भएका छन् । राजतन्त्रको वकालत गर्दै हिंडेका प्रसाईँ स्वयं लाई थाहा छैन उनी के गरिरहेका छन् । यसको परिणाम राम्रो आउँछ भन्ने कुरामा पनि प्रसाईँ स्वयं संकामा छन् । झापाका प्रसाईँलाई राजनीतिक नौटंकीमा कसैले पनि उछिन्न सक्दैन भन्ने कुरामा केही सत्यता पनि देखीन थालीएको छ ।
यसै गरि प्रसाईँले तेर्स्याएका प्रश्नहरुको जवाफ दिन अहिले गणतन्त्रबादी दलका नेताहरुलाई भ्याई नभ्याई छ । अहिले आन्दोलनको सतहमा वान म्यान आर्मीको रुपमा अगाडी आइरहेका प्रसाईँलाई भित्री रुपमा ठूलै राजनीतिक सर्पोट भएको अनुमान पनि लगाइन थालिएको छ । अनुमान लगाउनु स्वभाविक हो । किन यो राष्ट्र सपनामा टिकिरहेको छ । देशले आर्थिक संकटको ठूलै दायरा पार गरिसकेको छ ।
नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि रहेको छैन भन्छन् गणतन्त्रबादीहरु । हरेक एक डिकेडमा व्यवस्था परिवर्तन गर्दै जाने हो नेपाल नेपाल नै रहला भन्न सक्ने स्थिती अहिले छैन ।
थोरै कुरा सत्य भए पनि धेरै कुरामा गलत प्रचार गरिदै छ । स्याल हुँइया चलाइदै छ । खोलाको किनारमा एउटा स्याल कराउँछ अनि त्यस क्षेत्रका सबै स्यालहरुले सो क्षेत्रलाई अरु प्राणी नै नभएको जस्तै स्यालमय बनाइदिन्छन् । केही समयको लागि अरु प्राणीको कुनै आवाज नै सुनिदैन । स्मरण रहोस् यो स्याल हुँइया केही समय पछि स्वतः बन्द हुने गर्दछ ।
अझ यहाँ अचम्म मान्नुपर्ने कुरा के छ भने समाजमा असल मानिने व्यक्तित्व पनि स्याल हुँइयाको रोगले ग्रसित भएको अनुभव गरिएको छ । आशा राखौँ, वहाँहरुलाई यस रोगबाट छिटोभन्दा छिटो छुट्कारा मिल्नेछ , अन्यथा यो समाज अझै पनि कागकै पछि लागेर आफ्नो कान छाम्न बिर्सिरहने छ ।
गणतन्त्रको हिमायतीको रुपमा रहेकोे नेकपा माओवादी केन्द्र अहिले गलित अवस्थामा पुगेको छ । राज्यमा परिवर्तन ल्याउँछु । राज्यको लागि केही गर्छु भन्दै जनताको माझमा पुगेको माओवादी केन्द्र अहिले दोधारको स्थितीमा छ । नेपालीमा एउटा उखान छ पाप धुरीबाट कराउँछ भन्ने । त्यहि पाप अहिले धुरीबाट कराउन थालेको भान नेपालीहरुले गर्न थालेका छन् ।
सबै दलको राजा भनेर आफूलाई अगाडी सारेको माओवादी केन्द्रलाई अहिले एउटा भर्खर उडेर आएको प्रसाईँ जस्तो पन्छिले सताएको भान हुन् थालेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर